अपडेट 
२०७९ कार्तिक २, बुधबार १७:३९

बजारमा यतिखेर उपलब्ध आयातित मध्ये ७० प्रतिशत माछा तस्करी भएर भित्र्याइएको भन्ने तथ्य फेला परेको छ । माछा तस्करी आचानक गुनात्मकरुपमा बढेको तथ्यांकले देखाएको हो । बिना भन्सार प्रक्रिया भित्र्याइएका माछाको क्वारेन्टाइन पनि नहुने भएकोले राजश्व चुहावटसंगै जनस्वास्थ्यको दृष्टीकोणले पनि यो गम्भीर प्रभाव पारीरहेकोे जानकारहरुको तर्क छ ।

भारतबाट तस्करी गरी माछा भारी मात्रामा नेपाली बजारमा भित्र्याउने क्रम गतबर्ष भन्दा यो बर्षमा बढेको छ ।परिणामस्वरुप बिधिपुर्वक कारोबार गर्न कठिन भएको भन्दै माछा आयातकर्ता कारोबारीले चिन्ता जनाएका छन् । जनसंख्याका बृद्धिसंगै माछा आयात पनि वार्षिक रुपमा बढ्दो छ ।तर यो आर्थिक वर्ष सुरु भए यता माछाको आयात घटेको छ । माछाको आयात बितेको आर्थिक वर्षको तुलनामा करिब ३० प्रतिशतमा झरेको छ भंसारको तथ्याकले देखाएकोछ । करिब ७० प्रतिशत माछा अहिले तस्करी मार्फत आउन थालेको हुनाले बैध आयात घटेको आयात कर्ताहरुको आरोप छ ।

आर्थिक वर्ष २०७८र०७९ मा एक हजार ६ सय ९३ टन बिभिन्न प्रकारका माछा जातिका बस्तु नेपालले आयात गरेको भन्सारको रेकर्ड छ । यसबाट १६ करोड ५७ लाख रुपैया राजश्व संकलन भएको थियो । तथ्यांक अनुसार गत वर्ष महिनाको औसत १४१।१४ टन माछा बाहिरबाट आयात भएको रहेछ भने यसपाली महिनाको ४२।५१ टन मात्र आयात भएको छ । यसरी चालु आर्थिक वर्षमा माछाको आयात करिब ७० प्रतिशतले ह्वातै घटेको देखिन्छ । यो वर्ष साउन र भदौ २ महिना गरी ८४।०२३ टन बिभिन्न प्रकारका माछा जातिका बस्तु आएको छ ।

‘माछाको आयात बढ्नुको ठाउँमा घट्नु आश्चर्यजनक छ,’ एक जना माछा आयातकर्ता ब्यपारी अजय साहले भने, ‘देशभित्रै माछाको उत्पादन बढेर यस्तो भएको होइन, तस्करीको कारण भएको हाम्रो बुझाई छ । बैध तरिकाले माछाको ब्यपार गर्ने कारोबारीहरु तस्करीका कारण समस्यामा परेको साहले बताए । आयात घटेसंगै माछाबाट आउने राजश्व पनि घट्ने भएछ । भारतबाट अबैध रुपमा आउने माछा रोक्नुपर्ने भन्दै चितवनको भरतपुरमा असोज ६ मा नेपाल मत्स्य व्यवसायी संघ केन्द्रीय समितिले पत्रकार सम्मेलन नै गर्‍यो । ‘फर्मालिन’ भनिने केमिकल हालिएको माछा भारतबाट दैनिक ५० टनभन्दा बढी नेपाल आउने गरेको बताउदै संघका केन्द्रीय अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले स्वास्थ्यको लागि घातक र भन्सार छली ल्याउने माछा भित्रिन रोक्न आवश्यक रहेको बताए ।

क्वारेन्टाइन परिक्षणबिना भित्रिने यस्ता माछा रसायनिक र जैविक रुपमा स्वास्थ्यको दृष्टीकोले जोखिमपुर्ण हुने चिकित्सकहरुले बताउछन् । बागमति प्रदेशमा प्रहरीले अबैध माछा नियन्त्रणको प्रयास गरेको पनि देखिन्छ । साउनयता ३ हजार ७० किलो माछा बरामद गरी बिधि पुर्‍याएर र सरोकारवालाहरुको उपस्थितीमा मुचुल्का उठाएर नष्ट गरिएको बागमति प्रदेश प्रहरी कार्यालयका सूचनान अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक दिपक रेग्मीले बताए । प्रतीतपत्र ९एलसी० मा शतप्रतिशत रकम जम्मा गरेर मात्रै सामान आयात गर्नुपर्ने नेपाल राष्ट्र बैंकको प्रावधानले अवैध रुपमा बिभिन्न बस्तुहरु भित्रिने क्रममा माछाको पनि तस्करी बढेको हो । चोरी निकासी पैठारी रोक्न सुरक्षा आपेीषत रुपमा सफल हुन नसकेको देखिन्छ । बाक्सामा माछा हालेको माछा साइकलमा राखेर सिमापारीका भारतीय बजारहरुबाट सिमावारी ल्याउने गरिएको छ । त्यहाँबट काठमाडौं सहित नेपालका बिभिन्न सहरहरुमा साना तथा मझौला गाडिहरुमा राखेर तस्करीको माछा पुर्याउने गरिएको छ । अनुगमन र नियन्त्रण नहुदा स्वास्थ्यको लागि जोखिमपुर्ण माछा नेपालीहरुको भन्सामा पुगीरहेको छ ।

 

Comment


Related News

Latest News

Trending News