२०७९ कार्तिक ३, बिहीबार ०८:०५

संविधानसभा सदस्य एवम् बारा निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेस पार्टीको तर्फबाट प्रदेश सभा ‘ख’ का उम्मेदवार रामअयोध्या यादवले संविधानको रक्षा एवम नागरिकता विधेयक पास गर्नका लागि सता गठबन्धन भएको बताएका छन ।

नेपाली कांग्रेस कबहीगोठले आयोजना गरेको चुनावी प्रचारप्रसार एवम् छलफल कार्यक्रममा यादवले संविधान कार्यान्वयनमा पटक पटक प्रहार गरी संविधानको घाँटी निमोटने काम केपी ओलीको सरकार गरेको बताउँदै सरकारले दुई पटक संसदबाट पास गरी राष्ट्रपति कहाँ स्वीकृत गर्नका लागि पठाउँदासमेत नेकपा एमालेका अध्यक्ष ओलीको इसारामा फिर्ता पठाउनेसम्मको काम गरेको हुँदा संविधान खतरामा नै रहेको प्रष्ट पारे । मुलुकको हरेक परिवर्तनमा कांग्रेसको अग्रणी भूमिका रहेको बताउँदै यादवले तराई मधेशको समस्या पनि कांग्रेसले नै समाधान गर्ने भन्दै गठबन्धनमा रहेको उम्म्ेदवारहरुलाई मतदान गरी विजयी गराउन आग्रह गरे ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न, विधिको शासन कायम गर्न, सुशासनको प्रत्याभूति आम नागरिकमा दिलाउने, निष्पक्ष एवम् धांधली रहित निर्वाचन गराइ मुलुकमा शान्ति स्थायित्व, विकास समृद्धि कायम गराउदै अधिनायकवादलाई परास्त गर्नका लागि पनि लोकतान्त्रिक शतिmहरु मिल्नुको विकल्प नरहेको प्रदेशसभाका उम्मेदवार यादवको तर्क रहेको थियो । सोही कार्यक्रममा सुवर्ण गाँउपालिकाका अध्यक्ष राजेश यादवले दुई तिहाइको सरकार जोगाउन नसक्ने ओलीलाई अब नेपाली जनताले घुडा टेकाउने बताए । दुई तिहाइको हाराहारीमा रहेको ओलीले सरकार बनाउने र गिराउने काममा मात्र अल्झेर मुलुकलाई बरबादीको दिशामा ल्याउने काम गर्दे संविधान बनाउन असफल भएपछि नेपाली कांग्रेस पार्टीको तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वको सरकारले मुलुकमा संविधान निर्माण गरी नेपाली जनताको अधिकारको प्रत्याभूति गराउने काम गरेको जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News