२०७९ कार्तिक ३, बिहीबार ०८:०९

सर्लाहीको बागमती नगरपालिका वडा न–१ मिलन चोक स्थित सगुन साकोस नामक सहकारी संस्थामा लुटपाट गर्न आएका लुटेराहरुको समूहले चलाएको गोली लागेर उक्त संस्थाका शाखा प्रमुख गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा लालबन्दी नगरपालिका वडा न–२ का ३४ वर्षीय साजन कार्की रहेका छन् । उनको काँध, पाखुरा, तिघ्रा र कोखामा गरी चार ठाउँमा गोली लागेको छ । उनलाई हरिवनस्थित एडभान्स सरस्वती हस्पिटलमा सामान्य उपचारपछि सिमरा हुँदै हेलिकप्टर मार्फत काठमाण्डु लगिएको छ । बुधबार कार्यालय समयमा भारतीय नम्बरको मोटरसाइकलमा चढेर आएका तीनजना लुटेराहरुले सो शाखामा भएका नगद रकम लुट्न खोजेपछि शाखा प्रमुख कार्कीले प्रतिकार गर्न खोज्दा उनीहरुले चलाएको गोली लागेर कार्की घाइते भएको संस्थाका संस्थापक अध्यक्ष बाबुराम घिमिरेले जानकारी दिएका छन्। अध्यक्ष घिमिरेका अनुसार शाखा प्रमुख कार्की विहान समयमै कार्यालयमा हाजिर भएका थिए । उनले ४ जना सेवाग्राहीसँग कारोबारसमेत गरिसकेका थिए । त्यस लगतै भारतीय नम्बर प्लेटमा आएका तीन जना लुटेराहरुले सो शाखा लुट्न खोज्दा उक्त घटना हुन पुगेको हो । लुटेराहरुले रकम भने लुट्न नपाएको घिमिरेले बताए । गोली प्रहार गर्ने लुटेराहरु भने फरार भएका छन् । उनीहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News