२०७९ कार्तिक ३, बिहीबार १३:१९
धनुषा प्रहरीले भन्सार छली तस्करी गरि ल्याउँदै गरेको सरसामान र पटाकासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ ।
बिहीबार बिहान ४ बजेके समयमा जनकपुरधाम उप महानगरपालिका वडा नं. १७ कटरैतबाट प्रहरीले मे.१ च. ३५० नम्बरको एम्बुलेनसमा भन्सार छलिका सरसामान र पटाकासहित नियन्त्रणमा लिएको हो ।
सो एम्बुलेन्स सोनामाई भ्याली बचत तथा ऋण सहकारी संस्थाद्वारा संचालित रहेको छ । भारतको जयनगरबाट जनकपुर तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी किराना जन्य सामानहरु तथा बिभिन्न किसिमका पटाकाहरु लोड रहेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कारबाहीको लागि एम्बुलेनस तथा सरसमानहरु भन्सार कार्यालय जनकपुरमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।


