अपडेट 
२०७९ कार्तिक ३, बिहीबार १५:२५

नेपालमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ सय ९८ पिसिआर परिक्षणका क्रममा ५० जना र ७ सय ७३ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन भने थप ५१ संक्रमित निको भएका छन् । हाल नेपालमा ७ सय २७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News