२०७९ कार्तिक ३, बिहीबार १८:२७

जनता समाजवादी पार्टी (जसपा)ले बागी उम्मेदवारलाई निष्काशन गरेको छ । पार्टीको निर्णयविरुद्ध उम्मेदवारी दिएकालाई पार्टी साधारण सदस्य समेत नरहनेगरी कारवाही गरेको केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले बताएका छन् ।

जसपाले पार्टी आधिकारी उम्मेदवार बाहेक अरुको प्रचार प्रसारमा नलाग्न समेत निर्देशन दिएको छ । यस्तै, एमालेसँगको चुनावी तालमेललाई पनि सफल बनाउन आह्वान गरेको छ ।

 

Comment


Related News

Latest News

Trending News