आसन्न निर्वाचनको उम्मेदवारहरुलाई अहिले मतदाता भेट्न भ्याइ नभ्याइ छ । चुनावी एजेण्डासहित उनीहरु अबेर रातिसम्म घर दैलोमा पुगिरहेका छन् । मतदाताहरु भने दीपावली र छठ पर्वको चाँजोपाँजो मिलाइरहेका छन् । ठाउँ–ठाउँमा चुनावी आकलन पनि भइरहेको छ । जोड– घटाउ र जित/हार बारे बहस पनि जनताले गरिरहेका छन् । किनभने यहाँ प्रमुख दुई पार्टीका पदाधिकारीहरु उम्मेदवार छन् । यहाँ तीन केन्दिृय नेतासहित २९ जना उम्मेदवार प्रतिस्पर्धामा छ । पाँच दलीय गठबन्धनबाट नेपाली कांगेसका सह–महामन्त्री महेन्द यादव, नेकपा एमालेका सचिव रघविर महासेठ र जनता समाजवादी पार्टी (जसपा)का केन्दीय सदस्य महाजन यादव प्रमुख दलका उम्मेदवार छन् । यी तीनै नेता ०७४ कै पतिस्पर्धी छन् । यसपालि अन्य क्षेत्रमा एमाले–जसपा तालमेल भए पनि यो क्षेत्रमा हन सकेको छैन् ।एमालेका उम्मेदवार महासेठ फेरि जितेर दोहोरिने दाउमा छन् भने कांगेसका सह–महामन्त्री यादव उनलाई हराउने कसरतमा छन् । जसपाका महाजन पनि दबैलाई हराएर इतिहास बनाउन चाहन्छन् । यादव महासेठसँग ०७४ को बदला लिन एमालेका नेताहरु कांगेसमा भित्र्यिाइरहेका छन् । उनले एमालेबाट समानपातिकको लागि सिफारिस भएकी फलकु मारी महतो र डा.सञ्जिव यादवलाई कांगेसमा ल्याए । त्यसअघि जसपा मधेश पदेश समितिको वरिष्ठ उपाध्यक्ष शेषनारायण यादवलाई पार्टीमा भित्र्याएर पदेशसभातर्फ उम्मेदवार बनाएको छ । महासेठ पनि आफ्नो जित कायम राख्न रणनीतिहरु तयार गरेका छन् । महासेठले सोही क्षेत्रमा गृह घर भएका कांगेस नेता संतोष यादवलाई एमालेमा पवेश गराएर पदेशसभामा उम्मेदवार बनाएका छन् । यी दबै नेतालाई पराजित गर्न जसपाका महाजन यादव पनि कसरत गरिरहेका छन् । ०७४ मा थोरै मतले तेसो स्थानको मत ल्याएका महाजन विगतभन्दा बलियो भएको सावित गर्न चाहन्छन् । मधेश पदेश सरकारको नेतृत्व गरी जसपाले यो क्षेत्रमा काम गरेका कारण उनी बलियो भएको जिकिर गर्छन् । जसपाबाट प्रतिनिधिसभामा यादव, प्रदेशसभातर्फ ‘क’ मा ज्ञानेन्द्र यादव र ‘ख’ मा चन्देश्वर महतो उम्मेदवार छन् । एमालेबाट प्रतिनिधिसभामा महासेठ प्रदेशसभातर्फ ‘क’ मा संतोष यादव र ‘ख’मा हरिनारायण महतो उम्मेदवार छन् । पाँच दलीय गठबन्धनबाट प्रतिनिधिसभामा कांग्रेसका यादव, प्रदेशसभातर्फ ‘क’ मा कांग्रेसकै शेष नारायण यादव र ‘ख’ नेकपा एकिकृत समाजवादीका शत्रुधन महतो उम्मेदवार छन् ।
जोड–घटाउमा कांग्रेस बलियो
०७४ को निर्वाचनमा महासेठ २२ हजार पाँच सय ३२ मत ल्याएर विजयी भएका थिए । उनलाई कांगेसका यादवले १९ हजार ९ सय ८८ मत ल्याएर निकटतम पतिद्वन्दी बने । उपेन्द यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टी फोरमबाट महाजनले पनि १९ हजार ६ सय ६२ मत ल्याएका थिए । सो निर्वाचनमा एमाले र माओवादीबीच चनावी तालमेल भएको थियो । माओवादीको मतसहित एमालेका महासेठ विजयी भएका थिए भने मधेश आन्दोलनको रापतापमै भएको निर्वाचनमा महाजनले पनि सम्मानजनक मत प्राप्त गरे । तर यस पटकको परिस्थिति फरक छ । न आन्दोलनको महोल छ, न त एमाले माओवादीबीच चुनावी तालमेल । एमालेबाट वरिष्ठ नेता माधव कुमार नेपाल समूह पनि अल्गिएका छन् । यस्तो अवस्थामा महासेठ कमजोर देखिएको नेताहरुको विश्लेषण छ । स्थानीय निर्वाचनको मत परिणाम अनुसार पनि कांग्रेस अगाडि देखिन्छ । ४२ वटा वडा रहेको यस क्षेत्रको १९ वटा वडामा कांग्रेस विजयी भएका छन् भने १२ वटा वडामा मात्रै एमाले विजयी भएका छन् । पाँच पालिका रहेको यहाँ तीन पालिमा कांग्रेस, एकमा एमाले र एक पालिकामा कांग्रेसकै वागी उम्मेदवार विजयी भएका छन् । यो क्षेत्रमा कांग्रेसले तीन उपप्रमुख पनि जितेका छन् । त्यसमध्ये करिब २३ हजार चार सय कांग्रेस, १८ हजार दुई सय एमाले, आठ हजार जसपा, पाँच हजार नेकपा माओवादी केन्द्र र पाँच सात हजार नेकपा (एकीकृत समाजवादी)ले ल्याएका छन् । यहाँ अहिले एक लाख १७ हजार एक सय ९५ मतदात छन् ।
please subscribe our official youtube channel below and support us.
https://www.youtube.com/watch?v=R9LPU7poSSo


