२०७९ कार्तिक ४, शुक्रबार ०७:३२

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नजिकिदै गर्दा जिल्लामा पार्टी परिवर्तन गर्नेको होडबाजी नै चलेको छ ।

दुईसाता यता विभिन्न दलका क्रियाशील सदस्य एवं पदाधिकारीसहित ५ सय भन्दा बढीले दल परिवर्तन गरेका छन् । यसैक्रममा बिहीबार सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं. १ मा अवस्थित डिमन गाउँमा जसपाद्वारा आयोजित घरदैलो कार्यक्रममा नेपाली कांग्रेस र जनमत पार्टीका एकसय भन्दा बढी स्थानीय नेता तथा कार्यकर्ता जसपामा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा नेपाली कांग्रेस सप्तरी १ को प्रदेश समिति ‘ख’ का उपसभापति भगवतीप्रसाद यादवदेखि निवर्तमान वडाअध्यक्ष एवं जनमत पार्टीकातर्फबाट हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवार बनेका मनोज कुमार यादव रहेका छन् ।

नवप्रवेशीहरुलाई जसपा–एमाले गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले फूलमाला र अबिर लगाइ स्वागत गरेका थिए । कांग्रेस र जनमत पार्टीका स्थानीय नेता तथा कार्यकर्ताको प्रवेशलाई जसपाले ठूलै उपलब्धि मानेका छन् । जनाधार भएका नेता कार्यकर्ताको प्रवेशले निकै उत्साहित देखिएका मन्त्री साहले भने, ‘जसपाप्रति अहिले जनताको आकर्षण निकै बढेको छ, नवप्रवेशीलाई पार्टीले उचित सम्मान र स्थान दिनेछ ।’

Comment


Related News

Latest News

Trending News