अपडेट 
२०७९ कार्तिक ४, शुक्रबार १३:२०

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला छ सयले घटेर ९२ हजार पाँच सय तोकिएको छ ।

सुन अघिल्लो दिन प्रतितोला ९३ हजार एक सयमा कारोबार भएको थियो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९२ हजार छ सय थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार एक सय ७० कायम रहेको महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News