अपडेट 
२०७९ कार्तिक ४, शुक्रबार १३:३१

अबदेखि होटल र रेस्टुरेन्टहरूले मेनुमा सर्भिस चार्ज र भ्याट लिन नपाउने भएका छन् । यो सँगै अब ग्रहकहरुलाई १३ प्रतिशत भ्याट वा १० प्रतिशत सेवा शुल्क तिर्न बाध्य हुनुपर्ने छैन । यसअघि होटल तथा रेष्टुरेन्टहरुले विलको अन्त्यमा भ्याट र सेवा शुल्क थप्ने गरेका थिए ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यवसायीले त्यस्तो गरेको पाइएमा उजुरी गर्न आग्रहसमेत गरेको छ । यसअघि काठमाडौं जिल्ला अदालतले मेनुमा लेखेको बाहेक अतिरिक्त चार्ज लिएमा क्षतिपूर्ति भराउनुपर्ने अदालतको ठहर छ ।

मेनुमा समावेश नगरी ग्राहकसँग सर्भिस चार्ज र भ्याट थप लिएको भन्दै एक रिसोर्टविरुद्ध काठमाडौँ जिल्ला अदालतमा परेको मुद्दामा अदालतले उपभोक्ताको पक्षमा फैसला सुनाएको थियो ।

उपभोक्ता अदालत अन्तर्गत काठमाडौं जिल्ला अदालतमा परेको रिट निवेदनमा अदालतले उपभोक्ताको पक्षमा फैसला सुनाउँदै मेनुमा भएको बाहेक बढी रकम लिएको भए फिर्ता गर्न र क्षतिपूर्तिसमेत भराउन आदेश दिएको थियो ।

Comment


Related News

Latest News

Trending News