अपडेट 
२०७९ कार्तिक ४, शुक्रबार १३:३३

नेपाली नागरिक बनेर भारतमा बसिरहेकी एक चिनियाँ युवतीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । दिल्ली प्रहरीले चिनियाँ युवतीलाई फर्जी पहिचान र भारतविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरेको दाबी गरेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार पक्राउ गरेकी युवतीको नाम काई रुओ हो र उनी चीनको हेनान प्रान्तकी हुन् । प्रहरीका अनुसार पक्राउ परेकी युवती नेपाली नागरिक बनेर बसिरहेका बेला उत्तरी दिल्लीको मजनूका टिला क्षेत्रबाट पक्राउ गरिएको हो ।

चेकजाँचका क्रममा युवतीको साथबाट नेपाली नागिरकताको प्रमाणपत्र फेला परेको छ, जसमा उनको नाम डोल्मा लामा लेखिएको छ । यद्पि विदेशी क्षेत्रीय पञ्जीकरण कार्यालयसँग बुझ्दा युवती चिनियाँ नागरिक रहेको र उनी सन् २०१९ मा भारत पुगेको खुलेको थियो ।

please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News