२०७९ कार्तिक ५, शनिबार ०६:५७

झडपको क्रममा बिहीवार पक्राउ परेका ७ जनालाई रिहा गर्न माग गर्दै बाराको त्रिवेणी स्पिनिङ् मिलका मजदुरहरुले प्रदर्शन गरेका छन् ।

जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ छाता पिपरास्थित त्रिवेणी स्पिनिङ् मिलमा बिहीवार भएको झडपको क्रममा पक्राउ परेका ७ जनाको रिहाइको माग गर्दै सयौँको संख्यामा सहभागी मजदुरहरुले जिल्ला प्रशासन कार्यालय बाहिर प्रदर्शन गरेका छन् । बोनसको माग गर्दै आन्दोलनरत मजदुरले बिहीबार व्यवस्थापन पक्षका वरिष्ठ अधिकारीहरुलाई कार्यकक्षमा थुनेका थिए । उनीहरुलाई छुटाउन आएको प्रहरीसँग झडप हुँदा कम्तीमा १५ जना मजदुर र प्रहरी नायब उपरीक्षकसहित १० जना प्रहरी घाइते भएका थिए । त्यस क्रममा पक्राउ परेका ७ जना मजदुरलाई प्रहरीले दमन गरेको भन्दै मजदुरहरुले आफ्ना साथीहरुको निशर्त रिहाइको माग गरेका छन् । प्रहरीले अभद्र व्यवहार मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News