२०७९ कार्तिक ५, शनिबार १७:०६

नेपाली कांग्रेसका बुथ सभापति जसपामा प्रवेश गरेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ का बुथसभापति बीरेन्द्र कुशवाहा आफ्ना कार्यकर्ता सहित जसपामा प्रवेश गरेका हुन । वडा नम्बर १२ का बुथ सभापति वीरेन्द्र कुशवाहाको नेतृत्वमा काँग्रेसी कार्यकर्ताहरुको एक ठुलो समुह नै जसपामा प्रवेश गरेको जसपाले जनाएको छ ।प्रवेश गर्ने बुथ सभापति कुशवाहा सकित सबै कार्यकर्ताहरुलाई पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार एंवम पूर्व मन्त्री प्रदीप यादवले टिका र गम्छा ओढाएर स्वागत गरेका थिए ।

शनिबार बिहान वीरगञ्जको मुर्लीमा जसपाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस छाडेर जसपामा प्रवेश गरेका कुशवाहाले काँग्रेस नेतृत्व विहीन पार्टी भएकोले काँग्रेस छाडेर जसपामा प्रवेश गरेको बताए ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री प्रदीप यादवले पार्टीमा प्रवेश गरेका सबैलाई सहि मुल्यांकन गरेर उचित व्यवस्थापन गर्ने बताए । उनले जसपाले मधेसको मुद्धा सडक देखि सदन सम्म उठाउँदै आएको भन्दै मधेस र मधेसीलाई अधिकार सम्पन्न नबनाए सम्म संघर्ष गरिरहने पनि बताए ।

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्धी, जसपाका केन्द्रिय सदस्य वीरेन्द्र यादव, जिल्ला समन्वय समिति पर्साका पूर्ब प्रमुख नेक महम्मद अन्सारी, पूर्व वडाअध्यक्ष रामदरश कुशवाहा लगायतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News