२०७९ कार्तिक ६, आईतवार ०७:२१

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश जनविद्रोहको बलमा मधेशी महिला, दलित, जनजाति, मुस्लिम, अल्पसङ् ख्यक लगायतका जाति एवम् समुदायको आरक्षणको सुनिश्चितता गराउन सफल भएको दाबी गरेका छन् ।

सप्तरीको राजविराजमा व्यापारी व्यवसायी, मदर्सामा मुस्लिम समुदायका अगुवा, देउरी भरुवा कार्यकर्ता भेलासहितका कार्यक्रममा उनले मधेशी जनता अझैं अधिकारबाट वञ्चित रहेकोले अझैं लडाइ लड्न बाँकी रहेको बताए । शोषित उत्पीडित एवम् विभेदमा पारिएको जनताको हक अधिकार स्थापित गराउन मधेशी जनअधिकार फोरम नेपालले विगुल फुकेको स्मरण गर्दै अध्यक्ष यादवले भने ‘मधेशी जनतालाई अधिकार दिने पक्षमा कांग्रेस कम्युनिष्टले चाहेको थिएन, जनविद्रोहको बलमा मधेशी, महिला, दलित, जनजाति, मुस्लिम, अल्पसङ् ख्यक जाति एवम् समुदायको आरक्षणको सुनिश्चित भएको हो, थप अधिकार प्राप्तिका लागि अझैं सङ्घर्ष जारी छ ।’ जनआन्दोलन पश्चात अन्तरिम संविधान जारी भएको संविधानमा मधेशी, आदिवासी, जनजाति, दलित, महिला, पिछडावर्ग, थारु लगायत विभेदमा पारिएका जाति एवम् समुदायको अधिकार सुनिश्चित नगरिएपछि आफूहरुले संविधान जलाएर क्रान्तिको विगुल फुक्ने पार्टी तत्कालीन मधेशी जनअधिकार फोरम हालको जनता समाजवादी पार्टी नै भएको उनले चर्चा गरे । मधेश आन्दोलनकै कारण नेपालमा मधेशी समुदाय रहेको कुरा संसारले चिनेको बताउँदै सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका उनले भने ‘देशमा गणतन्त्र, संघीयता, समावेशिता र आरक्षणको अधिकार दिलाउने पार्टी जसपा नै हो, संघीयतालाई स्थापित गराउन अझैं बाँकी रहेकोले जसपा आफ् नो मुद्दाबाट रतिभर विचलित नभइ संघर्ष जारी रहन्छ ।’ जनसंख्याको आधारमा मधेशीलाई भागिदारी चाहिएको बताउँदै जसपा अध्यक्ष यादवले मधेशमा मधेशीको, लिम्बुवानमा लिम्बुको, किराँतको भूमिमा किराँतीको, तमुवानमा तामाङ्गको र हिमालमा शेर्पाको अधिकार र केन्द्रमा सबैको साझेदारी स्थापित हुनुपर्ने र यसका लागि संविधान संशोधन आवश्यक रहेको बताए ।

मधेशबाट गरिबी, बेरोजगारी लगायतका समस्याहरु समाधान गर्न आर्थिक विकास आवश्यक रहेको चर्चा गर्दै उनले भने ‘त्यही सोचका साथ मैले रोल मोडेलको रुपमा सप्तरीमा स्वास्थ्य, शिक्षा, सडक, कृषि लगायतका क्षेत्रमा कामहरु अगाडि बढाएको छु ।’ कार्यक्रममा पार्टीका नेतासमेत रहेका राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, पार्टीका केन्द्रीय प्रवक्ता मनिष सुमन, नेता विकास कुमार तिवारी, नेत्रविक्रम साह, किरण साह लगायतका नेताहरुले मन्तब्य व्यक्त गरे ।

Comment


Related News

Latest News

Trending News