२०७९ कार्तिक ६, आईतवार १२:५०

काठमाडौं जिल्ला अदालतले निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

आइतबार प्रहरी वृत्त गौशालाले अनुसन्धान नसकिएको भन्दै उनलाई थप हिरासतमा राख्न अनुमति मागेको थियो ।  माग बमोजिम लामिछानेलाई दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौ‌ंका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा १७ वर्षीया नाबालिगलाई पटक–पटक बलात्कार गरेको आरोप लागेको थियो।  २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि प्रहरीले साेही दिनबाटै गणना हुने गरी पहिलोपटक गत २४ असोजमा ७ दिनको म्याद थप गरेको थियो।

दोस्रोपटक २७ असोजमा पाँच दिनको म्याद थप गरेको थियो। गत बुधबार उनलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो।

Comment


Related News

Latest News

Trending News