२०७९ कार्तिक ६, आईतवार १६:४२

बारामा प्रहरीले ठूलो परिमाणमा खाने तेलसहित चारजनालाई पक्राउ गरेको छ ।

प्रहरीले नुवाकोटको शिवपुरी गाउँपालिका-१ का सुकमान तामाङ, रौतहट गौर नगरपालिका-१ का ३८ बर्षीय रमेशकुमार जयसवाल, रौतहटकै वृन्दावन नगरपालिका-६ का ३८ बर्षीय शेख कलाम र ४७ बर्षीय वैद्यनाथ साह तेलीलाई पक्राउ गरेको हो।

पक्राउ परेका तामाङ ट्रक चालक हुन् भने बाँकी ३ जना व्यापारी रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई आइतबार जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको छ।

परवानीपुर गाउँपालिका-५ स्थित मनोकामना आयल एण्ड फुड प्रोसेसिङ प्रालिबाट सिन्धुलीको कमलामाई नगरपालिकास्थित रोविन सप्लायर्सका लागि पठाइएको तेल उनीहरुले रौतहटमा बेचेका थिए।

बजार मूल्य ४९ लाख ४ हजार ९ सय १२ रुपैयाँ रहेको तेल उनीहरुले रौतहट लगेर ३९ लाख रुपैयाँमा बिक्री गरेको प्रमाण प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

तेल ढुवानीका लागि प्रयोग गरिएको प्रदेश २-०३-००१ ख ४८१२ नम्बरको ट्रक समेत प्रहरीले बरामद गरेको छ।

Comment


Related News

Latest News

Trending News