२०७९ कार्तिक ७, सोमबार ०८:३३

कलैया । खानेपानी मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले अन्तर्राष्ट्रिय विमान स्थल निजगढमा नै बन्ने दाबी गरेका छन् ।

नेपाली कांग्रेस निजगढ नगर कार्य समितिले निजगढमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा मन्त्री चौधरीले आफ्नो पहलमा तत्कालीन वन मन्त्री, अर्थ मन्त्री, पर्यटन मन्त्रीसहित नेपाली कांग्रेसका सभापति शेरबहादु देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमोर्चा की उपाअध्यक्ष दुर्गा पा्रडेललाई निजगढमा बोलाई प्रतिबद्धता गर्न लगाएको र मन्त्री परिषद्बाट समेत निजगढमा नै अन्तर्राष्ट्रिय विमान स्थल निर्माण गर्ने निर्णय भइसकेको हुँदा कसैले चाहेर पनि रोक्न नसक्ने बताए । निर्वाचन अचारसंहिताका कारण शिलान्यास गर्न नसकेको मन्त्री चौधरीले बताउँदै निर्वाचन सक्ने वितिकै शिलान्यस गर्ने प्रतिबद्धता गरे । नेकपा एमाले मधेशी विरोधी पार्टी भएको आरोप लगाउँदै मन्त्री चौधरीले तराई मधेशका जनताहरुलाई प्रत्यक्ष फाइदा पुग्ने नागरिकता विधेयक पास गर्नमा राष्ट्पतिसंग मिलेर केपी ओलीले विधेयक अलपत्रमा पारेको हुँदा तमाम मधेशीे जनताको भावनामाथि खेलवाड गरेको बताए । संघीय लोाकतान्त्रिक गणतन्त्रलाई सखाप पारी मुलुकमा निंरकुश शासन व्यवस्था लाध्न खोजेको ओलीलाई मधेशबाट नै सबक सिकाउनुपर्ने जानकारी गराए ।

सोही कार्यक्रममा नेपाली कांग्रेस मधेशका उपसभापति चन्द्रशेखर कुमार यादवले नेपाली कांग्रेस पार्टी लोकतन्त्रको रक्षा, प्रेस स्वतन्त्रताको वकालत, संविधान कार्यान्वयन गर्न एवम् संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने पार्टी भएको हुँदा आम नेपालीहरुको चाहना अव नेपाली कांग्रेस नै भएको हुँदा रुख चिह्नमा मतदान गर्न सबैलाई आग्रहसमेत गरे ।

Comment


Related News

Latest News

Trending News