धनुषामा स्रोत नखुलेका साढे ३८ लाख रकम बरामद भएको छ ।
आइतबार जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाबाट अवैध रकमसहित महोत्तरी भंगहा नगरपालिका १ का २१ वर्षीय शुवमराज चौवे पक्राउ परेका छन् । उनी यमहा १२० सीसीको मोटरसाइकलमा सवार भइ जनकपुरधामतर्फ आउँदै गर्दा प्रहरीलाई शंका लागि चेकजाँच गरेको थियो । उनले बोकेको कालो रंगको झोलामा पैसा राखेका थिए । एक हजारको २९ बण्डलमा रु २९ लाख र पाँच सयको नोट १९ बण्डलमा रू ९ लाख ५० हजार नेपाली नोट फेला परेको धनुषा प्रहरीले जनाएको छ । भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याएको प्रहरीको प्रारम्भिक अुनसन्धनबाट खलेको छ । बरामद भएको पैसा प्रहरीले भन्सार कार्यालय जनकपुरधाममा पठाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । चुनावको समयमा फेला परेको यी रकम कुनै उम्मेदवारको हुनसक्ने अनुमान गरिएको छ ।


