२०७९ कार्तिक ९, बुधबार ०९:१५

धादिङको गजुरीमा मोटरसाइकल दुर्घटना गराएका भारतीय युट्युबर प्रभाज्वत सिंहलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । काठमाडौंको धापासी स्थित ग्राण्डी अस्पतलामा प्रहरीको निगरानीमा उनको उपचार भइरहेको छ ।

चितवनबाट काठमाडौंतर्फ आउँदै गरेका सिंह सवार भारतीय नम्बर एमएच–१–सिडब्लु ५९७१  को मोटरसाइकलले ठक्कर दिँदा मंगलबार धादिङको गजुरी नगरपालिका–१ स्थित गजुरी बजारमा एकजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा गजुरी नगरपालिका–१ स्थित नयाँबारी बस्ने ७९ वर्षका सुर बहादुर धिताल छन् ।



दुर्घटनामा पैदल यात्रीको मृत्यु भएको बारे प्रहरीले जट्ट प्रभाज्वतलाई सवारी ज्यान मुद्दा चलाउने भएको छ । उपचार सकिएपछि उनीविरुद्ध सवारी ज्यान मुद्दामा अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता (डिएसपी) श्याम खत्रीले जानकारी दिए ।

Please subscribe our official youtube channel Below and support us.

https://www.youtube.com/watch?v=l4s4KOrwWis

Comment


Related News

Latest News

Trending News