२०७९ कार्तिक ९, बुधबार १३:३३

काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारको उम्मेदवारी खारेज भएको छ। नेपाली कांग्रेसले समानुपातिकमा उनको नाम बन्द सूचीमा राखेको थियो। प्रतिनिधि सभाको समानुपातिकमा रहेका परियारलाई लाभको पदमा रहेको भन्दै आयोगले सूचीबाटै हटाएको छ। उनको नाम दलित क्लस्टरमा रहेको थियो।

Comment

Related News

Latest News

Trending News