२०७९ कार्तिक ९, बुधबार १९:४०

निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरेको छ ।

निर्वाचन प्रयोजनका लागि दलले पेस गरेको बन्दसूचीको जाँच/बुझ गरी अन्तिम बन्दसूची प्रकाशन गरिएको आयोगले जनाएको छ ।



प्रतिनिधि सभाको समानुपातिकतर्फ दुई हजार एक सय ९९ जना उम्मेदवार रहेका छन् । प्रदेश सभा सदस्य निर्वाचनतर्फ प्रदेश नं १ का लागि छ सय १६, मधेसका लागि आठ सय ६३, बाग्मतीका लागि सात सय ५४, गण्डकीका लागि तीन सय ४४, लुम्बिनीका लागि पाँच सय ७९, कर्णालीका लागि दुई सय र सुदूरपश्चिम प्रदेशका लागि तीन सय ५२ उम्मेदवार छन् ।

समानुपातिक प्रणालीतर्फ राजनीतिक दलले पेस गरेको बन्दसूचीमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यमा गरी छ हजार चार सय ५७ उम्मेदवार थिए ।

Comment


Related News

Latest News

Trending News