महोत्तरीको भंगहामा दुई समूदायबीच झएको झडपमा संलग्नलाई कारवाही गर्ने निर्णय भएको छ । शुक्रवार बसेको सर्वदलिय बैठकबाट बिहिबार हिन्दु र मुस्लिम समूदायबीच भएको झडपमा संलग्न रहेको दोषीलाई कारवाही गर्ने निर्णय भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले जानकारी दिए ।
सर्वदलिय बैठकले भंगाहा नगरपालिका ८ को पररियामा हिन्दु वाहिनी सेना सम्राटबाट छठ पर्वको अवसरमा निकालिएको कलश तथा झण्डा यात्राको क्रममा असमझदारीका कारण दुई पक्षबीच सामाजिक सदभाव कायम गर्न घट्नामा सम्बद्ध दुवै पक्षलाई र आम नागरिकलाई आवहान गर्ने, घटनामा भएको धनजनको क्षतिको विवरण संकलन गरी क्षतिपुर्तीको सिफारिस गर्न टोली गठन गर्ने, घाईतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घाईतेको तत्काल उपचार खर्चको लागि आवश्यक व्यवस्था हुन गृह मन्त्रालय मार्फत नेपाल सरकारमा अनुरोध गर्ने लगायतका निर्णय गरेको प्रजिअ पहाडीले बताए । यस्तै, घट्नामा संलग्न दोषि पत्ता लगाई कानूनी पक्रिया बमोजिम कार्यावाही अगाडि बढाउने, घटनाको छानविनको लागि उच्च स्तरिय टोली गठन गर्न नेपाल सरकार गृह मन्त्रालय सँग अनुरोध गर्ने, परिस्थितिलाई काबुमा राख्ने तथा सामाजिक सद्भाव कायम गर्न सदभाव ¥याली गर्ने, दलगत रुपमा शान्ति कायम गर्न अपिल गर्ने लगायतका कार्य, जिल्लामा कृयाशिल राजनैतिक पार्टी र समाजिक अगुवा सँलग्न सर्वदलिय/सर्वपक्षिय संयन्त्रले गर्ने निर्णय भएको प्रजिअ पहाडीले बताए ।

Please subscribe our official youtbe channel below and support us.


