गौशालाको कान्तिबजारमा लागूऔषध दुव्र्यसन विरुद्ध हाम्रो प्रहार नाराका साथ मुन्नी मिश्रि स्मृति भलिबल प्रतियोगिता सुरु भएको छ ।
पहिलो दिनको पहिलो खेलमा कालीपुर, दोश्रा खेलमा आयोजक सामुदायिक विकास युवा क्लब र तेश्रो खेलमा शिवनगर विजय भएको हो । उद्घाटन खेलमा पररिया टीमलाई पराजित गर्दै कालीपुर विजयी भएको हो । तीन सेट खेलमध्ये पहिलो सेट पररियाले जितेपनि दोश्रो र तेश्रो सेट लगातार कालीपुर जित्न सफल भएका थिए । कालीपुरसंगको खेलमा राम्रो प्रदर्शन गरेका पररियाका बेस्ट स्ट्राइकर रवि पटेल चुनिए । उनलाई ५ सय ५५ रुपैया नगद र मेडल प्रदेश सभाका उम्मेदवार प्रमोद महतोले प्रदान गरेका थिए । आयोजक सामुदायिक विकास युवा क्लब र भरतपुर भलिवल टीमबीच भएको खेल रोमाञ्चक बनेको थियो । आक्रमक खेल प्रदर्शन गर्दै आयोजक सामुदायिक विकास युवा क्लबले भरतपुरलाई सोझो २–० सेटले पराजित गरे ।
वेष्ट डिफेन्डर भरतपुरका विवेक महतो चुनिए । उनलाई नगद ५ सय ५५ रुपैया र मेडल प्रदान गरिएको थियो । भरतपुरसंगको खेलमा आक्रमक स्ट्राइकर अभिषेक चौधरी १ हजार ५ रुपैया नगद पुरस्कार पाए । रमेश आयल स्टोर कान्तिबजारका ललित कुमार सिंहले पुरस्कार प्रदान गरे । शुक्रबार भएको तेश्रो खेलमा कान्तिबजारलाई पराजित गर्दै शिवनगर विजयी भए । कान्तिबजारलाई २–० को सोझो सेटले पराजित गर्दै शिवनगर विजयी भए । कान्तिबजार र शिवनगर बीचको खेलमा कान्तिबजारका स्ट्राइकर नबिन साह वेस्ट खेलाडी चुनिए । उनलाई ५ सय ५५ रुपैया नगद र मेडल प्रदान गरिएको छ । मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले रेफ्रिलाई भलिबल हस्तान्तरण गरी मुन्नी मिश्रि स्मृति भलिबल प्रतियोगिताको उद्घाटन गरेका थिए ।


