महोत्तरीमा विहीबार भएको हिन्दू–मुस्लिम झडप प्रकरणमा आठ बुँदे सहमति भएको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय महोत्तरीमा सर्वपक्षीय बैठकले शान्ति कायम गर्न आठ बुँदे निर्णय गरेको छ । भंगहा नगरपालिका ८ पररियास्थित हिन्दू वाहिनी सम्राट सेनाले निकालेको कलश यात्राको क्रममा दुई पक्षबीच झडप भएको थियो । सोही विवाद साम्य पार्न त्यहाँ कफ्र्यु लगाइएको थियो । तर कफ्र्यु भएको क्षेत्रमा शान्ति कायम भएपछि शुक्रबार राति दश बजेदेखि कफ्र्यु हटाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए । दुबै पक्षको असमझदारीका कारण विवाद उत्पन्न भएको सर्वपक्षीय बैठकको निर्णयमा उल्लेख गरिएको छ ।
उनका अनुसार बैठकबाट घटनामा संलग्न दोषीको खोजी गरी कानूनी दायरामा ल्याउने सहमति भएको छ । आम नागरिकलाई शान्ति कायम राख्न आह्वान गर्ने, घटनामा भएको जनधनको क्षतिको विवरण संकलन गरी क्षतिपूर्तिको सिफारिस गर्न टोली गठन गर्ने, घाइतेको उपचार खर्चका लागि आवश्यक व्यवस्था गर्न गृह मन्त्रालय मार्फत नेपाल सरकारमा अनुरोध गर्ने निर्णयसमेत गरिएको छ । घटनाको छानबिनको लागि उच्च स्तरीय टोली गठन गर्न नेपाल सरकार गृह मन्त्रालयसंग अनुरोध गर्ने, परिस्थितिलाई काबुमा राख्ने तथा सामाजिक सद् भाव कायम गर्न सद्भाव ¥याली गर्ने, दलगत रुपमा शान्ति कायम गर्न अपिल गर्ने लगायतका कार्य, जिल्लामा कृयाशील राजनैतिक पार्टी र सामाजिक अगुवा सलग्न सर्वदलीय/सर्वपक्षीय संयन्त्रले गर्ने निर्णयसमेत गरिएको छ ।
Please subscribe our official youtube channel Below and support us.
https://www.youtube.com/watch?v=CYDNeQF_pZo


