२०७९ कार्तिक १२, शनिबार १०:५९

मधेश प्रदेशका स्वतन्त्र उम्मेदवार आफ्नो रहेको दाबी गरेका नेता प्रभु साहलाई सत्ता गठबन्धनले साझा उम्मेदवारको रुपमा आधिकारिक घोषणा गरेको छ ।

सत्ता गठबन्धनले रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा पूर्वमन्त्री प्रभु साहलाई साझा उम्मेदवार बनाउने निर्णय गरेको छ । सत्ता गठबन्धनले आइतबार साझा उम्मेदवारको सूची सार्वजनिक गर्दै एमालेमा विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका साहलाई सघाउने औपचारिक जानकारी दिएको हो । साह नेकपा विभाजनपछि माओवादी छाडेर एमालेतिर लागेका थिए । अहिले माओवादीकै उम्मेदवारलाई ब्याक गराइ उनलाई समर्थन गरिएको छ । सोही निर्वाचन क्षेत्रको प्रदेश क मा नेकपा एकीकृत समाजवादीका नागेन्द्र राय यादव साझा उम्मेदवार रहेका छन् भने ख मा कांग्रेसका सुनिल कुमार यादव उम्मेदवार रहेका छन् । मनोनयनपत्र दर्ता गराउने असोज २३ गते अन्तिम समयमा आएर उनले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका थिए । प्रभु साह संग नेकपा एमालेको टिकट छदाछदै उनले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । मधेश प्रदेशका अन्य अन्य क्षेत्रहरुमा प्रतिनिधिसभाका लागि स्वतन्त्रबाट उम्मेदवारी दिएकाहरु आफ्नो रहेको दाबी गर्दै उनले स्वतन्त्र उम्मेदवारहरुको मनोबल बढाउने काम पनि गरेका थिए ।

त्यो क्षेत्र माओवादी केन्द्रले दाबी गरेका थिए । नेकपा एमालेमा रघुवीर महासेठले मधेश प्रदेशमा टिकट वितरणमा आफ्नो मनोमानी गरेपछि नेता साह असन्तुष्ट बन्दै गएका थिए । माओवादी केन्द्रबाट नेकपा एमालेमा आएपछि रघुवीर महासेठ र प्रभुबीच विवाद बढ्दै जाँदा अन्तिम समयमा आएर उनले नेकपा एमालेको टिकट गोजीमा राखेर स्वतन्त्रबाट उम्मेदवारी दिए । उनले पहिलानै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संग छलफल गरेर स्वतन्त्रबाट उम्मेदवारी दिएको जानकारहरु बताउँछन् । त्यो क्षेत्रबाट उम्मेदवार रहेकालाई निष्कृय बनाएर साहलाईनै आधिकारीक उम्मेदवार बनाएपछि उनले स्वतन्त्र भएर उम्मेदवारी दिएका अन्य नेताहरुको समेत उनले साथ छाडेका छन् । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा पनि उनले आफ्नो स्वतन्त्र उम्मेदवार रहेको दाबी गरेका थिए तर, साहले गठबन्धनको साथ लिए पनि ती स्वतन्त्र उम्मेदवार हरुको साथ छाडेपछि ती स्वतन्त्र उम्मेदवारहरु निराश भएका छन् । यस्तै रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल र २ मा उम्मेदवारबिहीन भएपछि गठबन्धनले जनमुक्ति पार्टीका केशव बहादुर थापालाई समर्थन गर्ने निर्णय गरेको छ ।

Comment


Related News

Latest News

Trending News