२०७९ कार्तिक १३, आईतवार ०७:२४
औरही गाउँपालिकाका अध्यक्ष उमाशंकर प्रसाद साहले छठ पर्वका व्रतालुहरुलाई साडी वितरण गरेका छन् ।
चार दिवसीय छठ पर्वको दोस्रो दिन शनिबार एक कार्यक्रमको आयोजना गरी चार सय २६ जना व्रतालुलाई साडी वितरण गरेका छन् । साहको पहल र लगानीमा २३ वर्षदेखि उक्त क्षेत्रमा छठ पर्वको अवसरमा साडी वितरण हुँदै आएको स्थानीय नितेश कुमार साहले जानकारी दिए । उनका अनुसार औरही गाउँपालिका १ मा पर्ने पश्चिमवारी टोल, पुरनदाहा, झिटकोहीया र पौडेश्वरको छठ व्रतालुहरुलाई साडी दिइएको छ ।


