२०७९ कार्तिक १३, आईतवार ०७:२९

महोत्तरीको भगंहा नगरपालिका ८ पररियामा सद्भाव ¥याली निकालिएको छ ।

शनिबार साँझ सामाजिक सद्भाव कायम गर्न ¥याली निकालिएको छ । विहीबार हिन्दू वाहिनी सम्राट सेनाले छठ पर्वको अवसरमा निकालेको शोभा यात्रामा हिन्दू– मुस्लिम समुदायबीच झडप भएको थियो । सुरक्षा निकायको पहलमा ¥याली निकालेर सद्भाव कायम राख्ने प्रयास गरिएको छ । ¥यालीमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडी, प्रहरी उपरीक्षक कृष्ण पंगेनी, भंगहा नगरपालिकाका नगर प्रमुख संजिव कुमार साह, वडाध्यक्ष सरिफ कवारी र लोहरपट्टी नगरपालिकाका नगर प्रमुख शैलेन्द्र यादवको सहभागिता थियो । कार्यक्रममा सहभागीहरुले दुबै समुदायलाई सामाजिक सद् भाव कायम राख्न अनुरोध गरेका छन् । विहीबार दुई समुदायबीच भीडन्त हुँदा एक दर्जन मानिस दुई पक्षको घाइते भएका थिए । गृह मन्त्रालयले सो घटनामा छानबिन समिति गठन गरेका छन् भने सर्वपक्षीय बैठकले उपरान्त त्यस प्रकारको घटना हुन नदिन आठ बुंदे निर्णयसमेत गरिएको छ ।

Comment


Related News

Latest News

Trending News