२०७९ कार्तिक १५, मंगलवार ०८:२४

पाँच दलीय गठबन्धनको समर्थन लिएर आगामी मंसिर ४ गतेमा चुनावी मैदानमा उत्रेका नेता प्रभु साहले दलहरु सिद्धान्तविहीन भएको आरोप लगाएका छन् ।

उनले दलहरुको सिण्डिकेट विरुद्ध आपूmले स्वतन्त्र उम्मेदवारी दिएको दाबी गरे । रौतहट निर्वाचन क्षेत्र नम्बर ३ वाट स्वतन्त्र उम्मेदवार साहले नेकपा एमाले विभाजन हुदा माओवादी छाडेर नेकपानै रोजेका थिए । तर, उनले मधेश प्रदेशमा आपूm अनुकुल टिकट वितरण गर्न नसक्दा आपूmले पाएको टिकट गोजीमै राखेर अन्तिम समयमा स्वतन्त्रवाट उम्मेदवारी दिएका थिए । उनी अहिले स्वतन्त्र उम्मेदवार हरुलाई जिताउने अभियानमा लागेका छन् तर, आपूmलेनै पाँच दलीय गठबन्धनको सहारा लिएका छन् । यति सम्म की त्यो क्षेत्रवाट नेकपा माओवादी केन्द्रले आफ्नो उम्मेदवारलाई समेत फिर्ता लिइ सकेका छन् । स ा े म ब ा र जनकपुरधाममा आयोजित ’स्वतन्त्र उम्मेदवार जिताऊ’ अभियानको बृहत् कार्यकर्ता भेलामा साहले भने–’स्वतन्त्र अभियानमा लागेका साथीहरू सांसद बन्न होइन गठबन्धनको नाममा गरिएको दलीय सिण्डिकेटविरुद्ध परिवर्तनका निम्ति हो र यी स्वतन्त्र उम्मेदवारहरुलेनै देश निर्माण गर्नमा कोशे ढुङ्गा सावित हुनेछ ।’ साहले २००७ देखि देशमा परिवर्तनका विभिन्न अधिकारवादी आन्दोलनले व्यवस्था परिवर्तन भएर अवस्था उही पंचायती शैलीमै विद्यमान रहेको भन्दै पहिला एउटा राजा थियो, अहिले कथित ठूला दलका ५÷६ जना राजा बन्न खोजेको आरोप लगाए ।

उनले आफू सांसद बन्ने रहरले उम्मेदवारी नदिएको बताए । साहले आफू दलमा रहँदा दलका विरुद्ध बोल्न नपाइने, दलका ठूला नेताले जे भने जे गरे सबैमा सहमति जनाउनु पर्ने अर्थात जनताका लागि होइन दलको रिमोट कन्ट्रोलको रूपमा काम गर्ने अवस्था भएकाले आफू दलको रिमोट कन्ट्रोल होइन जनताको सिपाहीको रूपमा काम गर्न स्वतन्त्र उम्मेदवार जिताउ अभियान चलाएको उल्लेख गरे । उनले मधेश केन्द्रित दललाई लक्षित गर्दै भने– ’हिजोका दिनमा जुन मधेशवादी दल एमालेलाई प्रतिगमनकारी शक्ति भनेर मधेशमा प्रवेश निषेध गरेको थियो । आज तिनीहरूले गठबन्धनको नाममा एमालेलाई टाउकोमा बोकेर हिँडिरहेको कुराले मधेशी जनतालाई हिजोका दिनमा मुर्ख बनाएको प्रष्ट भइरहेको छ ।’

 

Comment


Related News

Latest News

Trending News