२०७९ कार्तिक १५, मंगलवार ०८:३०

प्रतिनिधिसभाका उम्मेदवार जुली महतो निर्वाचन आचारसंहिता विपरीत राखेको प्रचार प्रसार सामग्री अझै हटाएको छैन् ।

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएकी महतो रिक्साको पछाडि प्रचार प्रसार सामग्री राखेको भन्दै शनिबार आयोगले उनलाई स्पष्टीकरण सोधेको थियो । आयोगले स्पष्टीकरण सोधेको तीन दिन बिते पनि प्रचार प्रसार सामग्री रिक्साको पछाडि राखिएकै छन् । जनकपुरधामका अटो तथा इ–रिक्साको पछाडिमा उनले मत माग्दै गरेको ब्यानर लगाएका छन् । सोही सामग्री राखेर निर्वाचन आचारसंहिता उनले जनाजान उलंघन गरेको आयोगले सोधेको स्पष्टीकरणमा उल्लेख गरिएको थियो । २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन उनलाई समय दिइएको थियो । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३, राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचरण अन्तर्गत उपदफा (१) को खण्ड (ड) मा ‘उम्मेदवार वा दलले आफ्नो कार्यालय बाहेकका स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा उम्मेदवारको चुनाव चिन्ह, ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरू प्रदर्शन गर्न नहुने’ व्यवस्था छ ।

त्यस्तै दफाको खण्ड (द) मा ‘कुनै किसिमको भित्तेलेखन गर्न वा गराउन, चारपांग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडा लगायत सबै प्रकारका सवारी साधन प्रयोग गरी ¥याली आयोजना गर्न वा प्रचारप्रसार गराउन नहुने’ व्यवस्था छ रहेकोमा तपाईंले आफ्नो तस्बिरसहितको फ्लेक्स अटो रिक्साको पछाडि राखी निर्वाचन प्रचारप्रसार गरेको कार्य निर्वाचन आचारसंहिताको उल्लेखित दफा १३ को उपदफा (१) को खण्ड (ड) को प्रतिकूल रहेको आयोगले ठहर गरेको थियो ।

 

Comment


Related News

Latest News

Trending News