२०७९ कार्तिक १५, मंगलवार १९:३१

पर्सामा प्रहरीले चोरीको मोटरसाईकल सहित दुई युवकलाई पक्राउ गरेको छ ।प्रहरीले पटेर्वासुगौली गाउँपालिका– ३ बस्ने १९ वर्षीय रामजनम मुखिया र वीरगन्ज महानगरपालिका– ३१ बस्ने २४ वर्षीय सुनिल दास थारुलाई पक्राउ गरेको हो ।

कात्तिक ७ गते चोरी भएको बागमती प्रदेश ०३–००३ प ३६७८ नम्बरको पल्सर मोटरसाईकल सहित दुवै जनालाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

कात्तिक ७ गते अपरान्ह ४ बजे वीरगन्ज महानगरपालिका वडा नंबर १४ बस्ने प्रधुमन कुमार पटेलको उक्त मोटरसाईकल चोरी भएपछि उनले प्रहरीमा जाहेरी दिएका थिए ।

please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News