२०७९ कार्तिक १६, बुधबार ०७:२३

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीवाट संघीयतामाथि खतरा रहेको आरोप लगाएका छन् ।

ओली पटक–पटक संघीयतामाथि प्रहार गर्न खोजेको आरोप लगाउदै अध्यक्ष नेपालले उनको कृयाकलापकै कारण पाँच दलीय गठबन्धन गठन भएको बताए । जनकपुरधाममा मंगलवार आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा उनले सपना देखाएर र उखान टुक्का सुनाएर मुलुक समृद्ध नवन्ने दावी गरे । ‘ मुलुक बनाउनकालागि भिजनको जरुरी हुन्छ ’ उनले भने, त्यो ओली संग छैन् । ‘ नेपाली जनताले दुई तिहाइ मत दिएर ओलीको नेतृत्वमा स्थायी सरकार गठन गर्ने मौका दियो ’नेपालले भने, तर, उनी भित्र रहेको दम्भले उनको दिमाग नै नर्भस भयो । ‘एउटै मुलुकका जनतासंग दोहरो व्यवहार गर्ने ओलीलाई यस पटक जनताले लखेटने छ’ उनले भने–‘नागरिकताकालागि बलिदानी दिएका मधेशीहरुको अन्तिम इच्छा पुरा गर्ने मौका पनि ओलीले नै खोसे ।’ प्रतिनिधिसभा र राष्ट्रियसभावाट दुई ÷दुई पटक बहुमतले पारित गरेर विधायन समितिवाट समेत पारित गरेर प्रमाणीकरणकालागि राष्ट्रपति समक्ष पुर् याएको नागरिकता विधेयक समेत ओलीकै जालझेलले प्रमाणीकरण नभएको उनको आरोप थियो । अध्यक्ष नेपालले आफूले ल्याएको सामाजिक सुरक्षा भत्तासहितका लोकप्रिय कार्यक्रमको फाईदा नेकपा एमालेले लिन खोजि रहेको बताए । ‘मनमोहन अधिकारी र म मिलेर सामाजिक सुरक्षा भत्ता, विधवा महिला, अपाङ्गलाई भत्ता दिने लगायतका लोकप्रिय कार्यक्रम ल्याए’ अध्यक्ष नेपालले भने–‘त्यहि लोकप्रियता देखेर जनताले गत निर्वाचनमा दुई तिहाई मत पनि दिए, तर नेकपा एमालेका अध्यक्ष ओलीले राम्रो काम गर्न सकेनन् । हामीले कति पटक त्यसलाई सच्याउने प्रयास पनि गरे, उनी गुटको राजनीतिक सुरु गरे, अन्त्यमा हामीले त्यो पार्टी त्याग गरी नयाँ पार्टी निर्माण गरेर अगाडि बढेका छौ ।’ नेता नेपालले आप्mनो भाषणको अधिकांश समय एमाले अध्यक्ष ओलीको आलोचनामा खर्चेका थिए ।

नेपालको समृद्धि र जनता जनताको भविष्य लेख्ने कमल लिएर हामी तपाईहरुको माझमा आएका छौ, अध्यक्ष नेपालले भने–‘ आउनुस् अव हामी समृद्ध नेपाल र उज्जवल भविष्य आफै कलमलाई जिताएर लेखौ ।’ आफ्ना राजनीतिक जीवनको सुरुवाती अवस्था धनुषामै बितेको स्मरण गर्दै अध्यक्ष नेपालले भने–‘हामीले धेरै मेहनत र कष्ट गरेर नेपालमा कम्युनिष्ट पार्टी स्थापित गरियौ र आज त्यही मेहनत र कष्टले कम्युनिष्ट पार्टीहरु नेपालमा फलफुलित भएको छ ।’ कार्यक्रममा धनुषा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार रामचन्द्र झाले धनुषाको हरेक क्षेत्रमा आफूले विकास निर्माणमा उल्लेखनिय काम गरेको बताए । जनताको हक अधिकारको लागि आफू जेल समेत भोगेको बताए । कार्यक्रममा युवा नेता रामबिनोद यादव, वीरेन्द्र यादव, रेखा मण्डलसहित विभिन्न राजनीतिक दल परित्याग गरी सयौं जनाले एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेको घोषणा गरिएको थियो । नेकपा एसबाट धनुषाको निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य पदमा रामचन्द्र झाले उम्मेदवारी दिएका छन् । सो क्षेत्रमा सत्तारुढ गठबन्धन र एमाले जसपाको गठबन्धन रहेको छैन् ।दुवै गठबन्धनका नेताहरुले मित्रवत प्रतिष्पर्धामा रहेको दावी गरेका छन् ।

Comment


Related News

Latest News

Trending News