२०७९ कार्तिक १६, बुधबार ०७:३३

धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका प्रतिनिधि सभाका उम्मेदवार रघुबीर महासेठले महिलालाइ साडी वितरण गर्न थालेका छन् ।

महिला मतदाताहरुलाई रिझाउन महासेठले साडी वितरण गरेको आरोप लागेको छ ।निर्वाचन क्षेत्र नम्बर ४ को ‘क’ मा पर्ने जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १९ को जमुनिया टोलमा उम्मेदवार महासेठले साडी बितरण गरेका हुन् । घरदैलो तथा पार्टी प्रवेश कार्यक्रमको नाम दिएपनि उम्मेदवारले महिलाहरुलाई साडी बितरण गरेको तस्बीर सार्वजनिक भएको छ ।महासेठको प्रचार अभियानमा रहेका गाडीमा साडी लगायतका सामग्रीहरु राख्ने गरिएको छ ।महासेठलाई सरकारले सुरक्षाका लागि नेपाल प्रहरीको असई उपलब्ध गराएको छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता र निर्देशिका विपरित महासेठले २० जना महिलालाई साडी वितरण गरेको बताइएको छ । तर एमालेबाट सो क्षेत्रमा प्रदेशसभा ‘क’ तर्फका उम्मेदवार संतोष यादवले साडी वितरण नगरेको दावी गरेका छन् । एक जना सहीद परिवारलाई साडी दिएर सम्मान गरेको उनले तर्क दिएका छन् । तर उनले सहीद परिवार बारे थप कुरा खुल्लाउन मानेन् । महासेठले साडी वितरण गरेको तस्बीर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

निर्वाचन आयोगले यस विषयमा अनभिज्ञता प्रकट गरेकोछ । यस विषयमा बुझेर अन्य प्रकृया अगाडी बढाइने निर्वाचन अचारसंहिता अनुगमन अधिकारी डा. वीरेन्द्र मिश्रले जनाए । महासेठले साडी बितरण गरेको साक्षी प्रदेश सभासदका उम्मेदवार यादव र क्षिरेश्वर नगरपालिकाका मेयर सुकदेव यादवपनि रहेका छन् । यस अघि निर्वाचन आयोगले महासेठ पत्नी जुली महतो उम्मेदवार रहेकी धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा आचारसंहिता उल्लंघन गरेको अभियोगमा स्पष्टिकरण सोधेको थियो । यस्तै, महोत्तरीको निर्वाचन क्षेत्र २ पनि प्रदेशसभाका उम्मेदवार जयनुल राइनले साडी वितरण गरेका थिए । उनले छठ पर्वको पूर्व सन्ध्यामा भगवतीपुरमा साडी वितरण गरेको स्थानीय अरुण यादवले जनाए । उनका अनुसार भगजतीपुरस्थित एक पोखरीको सबै व्रतालुहरुलाई राइनले साडी वितरण गरी मतदान गर्न अनुरोध गरेका थिए । निर्वाचन आचारसंहिताको खुल्लेआम उल्लंघन भइरहेपनि आयोग निरिह देखिन थालेको छ ।आचारसंहिता उल्लंघनमा मधेश प्रदेशमा सबै दलका उम्मेदवारहरु अगाडी नै देखिएका छन् ।

please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News