२०७९ कार्तिक १६, बुधबार ०८:१४
पर्सामा प्रहरीले चोरीको मोटरसाईकल सहित दुई युवकलाई पक्राउ गरेका छन् ।
प्रहरीले पटेर्वासुगौली गाउँपालिका– ३ बस्ने १९ वर्षीय रामजनम मुखिया र वीरगञ्ज महानगरपालिका– ३१ बस्ने २४ वर्षीय सुनिल दास थारुलाई पक्राउ गरेको हो । कात्तिक ७ गते चोरी भएको बागमती प्रदेश ०३–००३ प ३६७८ नम्बरको पल्सर मोटरसाईकल सहित दुवै जनालाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । कात्तिक ७ गते अपरान्ह ४ बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ बस्ने प्रद्युमन कुमार पटेलको उक्त मोटरसाईकल चोरी भएपछि उनले प्रहरीमा जाहेरी दिएका थिए ।


