२०७९ कार्तिक १६, बुधबार ०८:२१

पर्साको पश्चिमी सीमामा रहेको ठोरीमा भारतीय पर्यटक आउने क्रम बढन थालेको छ ।

चारै तिरबाट जंगल र पहाडले घेरिएको उक्त बजार सिमावर्ती भारतीयहरुको लागी रमणीय स्थल बन्दै गएको हो ।भारतको सहयोगमा निर्माण भएको हुलाकी सडकले गर्दा सदरमुकाम वीरगञ्ज देखि ठोरीको दुरी नजिकिए पछि त्यहा आन्तरिक र बाह्य पर्यटकहरुको भिड बढन थालेको छ । भारतीय सीमावर्ती शहर भिखाना ठोरीसँग जोडिएको ठोरीको राइधारामा पिकनिक खान आउनेको संख्या एक्कासि बढेको छ ।मुख्यरुपमा तराईमा लगातार रुपमा मनाइने तिहार पंचक र त्यसलगतै छठपर्व पछि पिकनिक मनाउने आउनेहरुको तातिनै लागेको छ ।स्थानिय हरुलाई त्यसको व्यवस्थापन गर्न भ्याइ न भ्याइ छ ।भारतको बिहारमा ‘सराब–बन्दी’ भएको कारण पनि पिकनिक मनाउन भारतीयहरुको ओइरो लागेको हो । तराइका मुख्य पर्वको रुपमा रहेको छठ सकिएसँगै ठोरीमा भारतीय तथा नेपालका आन्तरिक पर्यटकहरुको चहलपहल ह्वात्तै बढेको छ । कोरोनाका कारण दुइ बर्ष देखि सिमामा लागेको नाकाबन्दीले गर्दा पनि यो बर्ष पर्यटकीय चहलपहल बढेको हो । राईधारा परिसरमा पिकनिक खान आउने आन्तरिक र भारतीय पर्यटकहरुको पिकनिक खान आउनेको संख्या बढेको ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले बताए ।उनले भने,‘मुख्यरुपमा हुलाकी सडक निर्माण भएपछि ठोरीको रमणिय ठाउहरु हेर्न भारतीयहरुको संख्या क्रमिक रुपमा बढदै छ,घुमफिर गर्नुको साथै खानपिनको लागी भारतीयहरु आउने क्रम बढको हो ।’

सोमबार मात्रै सिमावर्ती भारतीय शहर जमुनिया, नरकटियागंज, रामनगर, देखि रक्सौल,सुगौली रमुजफ्फरपुर र पटना लगायत भारतय पर्यटकको ओइरो लागेको छ ।साथै आन्तरिक रुपमा बिरगंज, कलैया, पोखरीया, हरैया लागाएतका स्थानका व्यक्तिहरु पनि परिवारका साथ आएर पिकनिक मनाएका छन् । ठोरीको पिकनिक स्पटका रुपमा परिचित राईधारा क्षेत्रमा करीब रुपैया ५० हजार सवारी पार्किङ शुल्क मात्र असुल भएको ठोरी नगरपालिकाको एक कर्मचारीले बताए ।उनले भने,हामिले ठोरीलाइ व्यवस्थित गर्दै छौ ।यसका केहि ठुला होटल तथा रेष्टुरेन्टहरु निर्माणको क्रममा छन् ।ठोरीको स्वर्णपुर गाउमा होमस्टे पनि केहि बर्ष देखि संचालनमा आएकोले पर्सा राष्ट्रिय निकुन्ज भ्रमण गर्न आउने विदेशी टुरिस्टहरुको संस्या पनि क्रमिक रुपमा बढदै गएको छ ।

Comment


Related News

Latest News

Trending News