२०७९ कार्तिक १७, बिहीबार ०७:१९

धनुषाको मिथिला नगरपालिका– २ नक्टाझिजमा सरसफाइमा अभियान कडाइका साथ संचालन हुने भएको छ ।

बुधवार वडा कार्यालयको आयोजनामा भएको वृहत्त बैठकले वडाभरि सरसफाइ अभियान चलाउने र सडक अतिक्रमण गरी सडकको मापदण्ड भित्र राखेको सामग्री हटाएर सडक छेउ खाली गराउने कार्य कडाइका साथ संचालन गर्ने निर्णय गरेको छ । बैठकले यही मंसिर ५ गतेसम्मको समय तोकेर वडाभरिको मूल सडकलगायतका सबै शाखा सडकहरुमा बाटो अतिक्रमण गरी राखिएको सामग्री, गाइवस्तु, मल, गाडी लगायतको सबै समान हटाएर मापदण्ड अनुसार सडक पेटी खाली गर्न र सडक सफा राख्न वडाबासीमा अपिल गरेका छन् । मिथिला नगरपालिका २ का वडाअध्यक्ष विहारी महतोको अध्यक्षता तथा नगर प्रमुख महेन्द्र महतोको प्रमुख आतिथ्यमा भएको वडाको वृहत्त बैठकले सो निर्णय गरिएको छ । बैठकले सडक पेटी अतिक्रमण गरी सामग्री राख्ने सम्बन्धित वडावासीलाई सडक खाली गर्न मंसिर ५ गतेसम्मको समय दिएको छ । बैठकमा नगर प्रमुख महतोले वडाको अभियानमा भरपुर सहयोग गर्ने आश्वासन दिए ।



उनले वडा नं.२ लाई पालिकाकै नमूना वडाको रुपमा आफूले हेर्न चाहेको बताउँदै यसको लागि पालिकाको तर्फबाट गर्नुपर्ने सबै सहयोग गर्न तयार रहेको जनाए । वडा कार्यालय, सरसफाइ समिति तथा अभियानकर्ता युवाहरुले वडामा देखाएको सक्रियताप्रति धन्यवाद दिँदै कुनै भेदभाव र काखापाखा नगरी सडक अतिक्रम खाली गराउन, सरसफाइ अभियान कडाइका साथ संचालन गरी वडालाई नमुना बनाउन सबैलाई आग्रह गरे ।

Comment


Related News

Latest News

Trending News