२०७९ कार्तिक १८, शुक्रबार ०७:४५

आसन्न प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनको उल्टो गिन्ती शुरु भएको छ । उम्मेदवारहरु धमाधम घर दैलोमा पुगिरहेका छन् ।

उम्मेदवारहरु मत आफ्नो पक्षमा तान्न दिनरात व्यस्त छन् । तर कृषि कर्म गरेर जिवन गुर्जाने मधेशका मतदाताहरु धान भित्र् ियाउने तयारीमा छन् । धान खेतीको लागि मल नपाएका उनीहरु पुनः गहुँ खेतीको लागि मल अभाव हुने त्रासमा छन् । उम्मेदवारहरुले प्रत्येक चुनावको बेला घोषणापत्रमा सिँचाई र मल उपलब्ध गराउने प्रतिवद्धता जनाएपनि त्यो कार्यान्वयन हुन सकेको छैन् । कृषि सडकमासमेत उम्मेदावरको आँखा नपुग्दा मतदाता यसपालि झन आक्रोशित भएका छन् । उम्मेदवारको घोषणापत्र जनताले पत्याएका छैनन् । जितेर गाएपछि हरेक क्षेत्रमा नेताहरुले देखाएको नातावाद र कृपावादका कारण मतदाता अजित भएका छन् । रंगरुपी नेताहरुका कारण यस पटक केही मतदाता सचेत भएको देखिएको छ । उनीहरु उम्मेदवारलाई घरदैलोमा प्रश्न गर्न थालेका छन् । विकासको खाका माग गरिरहेका छन् । केही मतदाता भने वर्तमान दलका नेताहरुसँग दिक्क भएर विकल्प खोज्नुपर्ने मनस्थितिमा छन् । यसपालि भुमीगत भएर केही युवाहरुले भने ‘नो नट अगेन’अभियान पनि चलाइरहेका छन् । यी अभियानले एक पटक जिताएको नेताहरुलाई पुनः नदोह¥याउन मतदातासँग अनुरोध गरिरहेका छन् । केही दिन अघि रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार प्रभु साहलाई एक मतदाताले प्रश्न तेर्साएका थिए ।

उनीहरुबीच भनाभन भएको भिडियोसमेत सामाजिक सञ्जालमा भाइरल भएको थियो । विहीबार सर्लाहीमा पनि मतदाताहरुले ‘नो सडक नो भोट’को नारा लगाएर प्रर्दशन गरे । उम्मेदवारहरुलाई निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने कौडेना गाउँपालिका ३ प्रवेशमासमेत रोक लगाएका थिए । गाउँका युवाले हुलाकी राजगार्कमा ढाट राख्दै टायर बालेर प्रदर्शन गरे । उनीहरु हुलाकी राजमार्गको काम तुरुन्त हुनु पर्ने माग गरेका थिए । मतदाताले जनतालाई यस पटक सजिलै पत्याएका छैनन् । प्रत्येक वर्ष दलित तथा गरिव वस्तीमा नोटको भरमा मत खरिद बिक्री हुने गरेपनि यस पटक नेताहरुलाई मतदाताको विश्वास पाउन कठिन भइरहेको छ । यी वस्तीका बासिन्दाहरु पनि उम्मेदवारसँग विकास विकास बारे बहस गर्न थालेका छन् । शिक्षा, स्वास्थ्य, रोजगारी र सडक लगायतको विकासमा उम्मेदवारको योगदान बारे सोध्ने गरेका छन् । मतदातालाई यस वर्ष अन्य वर्षको तुलनामा कम दबाब देखिएको छ ।

please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News