२०७९ कार्तिक १८, शुक्रबार ०८:१०
धनुषामा घुससहित प्रहरी पक्राउ परेका छन् ।
विहीबार नगराइन नगरपालिका जटहीस्थितबाट चार हजार रुपैयाँ घुस रकमसहित वरिष्ठ प्रहरी नायव निरीक्षक देवकीलाल चौधरी पक्राउ परेका छन् । उनीहरु सीमा प्रहरी चौकी जटहीमै कार्यरत थिए । उनलाई अख्तिार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले नगराइन नगरपालिका वडा नम्बर २ जटहीस्थित विनायक इन्टरप्राइजेज मदिरा पसलबाट पक्राउ गरेको थियो । चौधरीले सेवाग्राहीसंग चाहजार रुपैयाँ घुस लिइरहेको बखत पक्राउ गरिएको अख्तियारको कार्यालय बर्दिबासले जनाएको छ । घटनास्थलमा मुचुल्कासहित अन्य अनुसन्धानको काम भइरहेको जनाएको छ । यद्दपी उनले कुन प्रयोजनको लागि घुस रकम माग गरेको खुलेको छैनन् ।


