मधेश प्रदेश सरकारको जनता अवास कार्यक्रमकै प्राकृतिका महेन्द्र नारायण निधि अवास कार्यक्रम सुस्त गतिमा देखिएको छ ।
उक्त कार्यक्रम अन्तर्गत गत वर्ष नै सम्झौता भएका भवनहरुको अझै पूर्ण सम्पन्न हुन सकेको छैन् । भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका अनुसार सम्झौता भएका भवनहरु अझै पूर्ण रुपामा सम्पन्न हुन नसकेको जनाएको छ । गत वर्ष भवन डिजिभन कार्यालय जनकपुरधामले धनुषामा ८४, महोत्तरीमा ८२ र सर्लाहीमा ८३ गरी २ सय ४९ घरको निर्माणको लागि सम्झौता गरेको थियो । तर त्यस मध्ये अहिले सम्म एउटा पनि घर पूर्ण रुपमा सम्पन्न हुन सकेको छैन् । भवन डिजिभन कार्यालय जनकपुरधामका योजना अधिकृत पशुपति कर्णका अनुसार अधिकांश योजना गत वर्षको असारमा मात्रै सम्झौता भएकोले निर्माण कार्यमा खासै प्रगति हुन सकेको छैन् । महेन्द्र नारायण निधि अवास योजनाको कार्यविधिमा सम्झौता भएको ६ महिना भित्रमा उक्त भवनको निर्माण कार्य सम्पन्न गर्नुपर्ने उल्लेख छ । तर यस हिसाबले सम्झौता भएको ५ महिना भईसक्दा पनि अधिकांश घर भवनको अहिले सम्म शिलान्यास हुन सकेको छैन भने कति पय घरको पिलर सम्म मात्रै निर्माण हुन सककेको छ । धनुषा र महोत्तरीको भन्दा सर्लाही जिल्लामा सो कार्यक्रम झन सुस्त देखिएको छ ।
धनुषाको नगराईन नगरपालिका लगायतका स्थानमा कार्यहरुले गति लिएको बताउदै उनले भने–‘पहिला चरणमा सम्झौता भएकाहरुको कार्य अगाडि बढेको छ भने पछि सम्झौता भएका भवनहरुको मात्रै निर्माणमा ढिलाई भएको छ । निर्वाचन पश्चात ती कार्यहरु पनि तिव्रता पाउने छ ।’ प्रदेश सरकारले महेन्द्र नारायण निधि अवास कार्यक्रम अन्तर्गत एउटा कार्यक्रमको लागि ५ लाख ६० हजार रकम विनियोजन गरेको छ । भवन निर्माणको लागि तीन चरणमा प्रदेश सरकारले रकमको भुक्तानी दिने गरेको भौतिक पुर्वाधार मन्त्रालयका इन्जिनियर सुम्मि मिश्राले जानकारी दिईन । पहिलो किस्ता ३५ प्रतिशत, दोस्रो किस्ता ५० प्रतिशत र अन्तिम किस्ता १५ प्रतिशत दिने प्रवधान रहेको इन्जिनियर मिश्राले बताईन । महेन्द्र नारायण निधि अवास योजना अन्तर्गत गरिव विपन्न, असहाय एकल महिलालाई दुई कोठा, एक भान्सा घर, एक शौचालय र एक चपाकल निर्माण गरिदिने कार्यक्रम रहेको छ । उक्त कार्यक्रमको लागि प्रत्येक जिल्लामा ३ करोडको दरले प्रदेश सरकारले चालु आर्थिक वर्षमा रकम विनियोजन गरेको योजना अधिकृत कर्णले जानकारी दिए ।



