२०७९ कार्तिक १८, शुक्रबार ०८:४५

न्यायका लागि एक दम्पत्ति बिहीबार उच्च अदालत जनकपुर राजविराज इजलास अगाडि अनसनमा बसेका छन् ।

राजविराज वडा नं. ४ निवासी दिनेशप्रसाद साह र उनकी श्रीमती गौरी साह अंश मुद्दामा लामो समयदेखी न्याय नपाएको भन्दै अदालतको मूल गेट अगाडि बिहान १० बजेदेखी दोश्रो पटक आमरण अनसनमा बसेका छन् । सप्तरी जिल्ला अदालतबाट वादी दिनेश प्रसाद साह बिरुद्ध उनका दाजु उमेश प्रसाद साहले २०६३ सालको अंश मुद्दामा २०६४ साल मंसिर २५ गते दुबै दाजु भाईलाई ४÷४ धुर जग्गा हुने गरी फैसला भएपनि सो फैसला अझै कार्यान्वयन हुन नसकेको दिनेशको भनाई छ । जिल्ला अदालतले गरेको पैmसला विरुद्ध उनका दाजु उमेश प्रसाद साहले उच्च अदालत जनकपुर राजविराज इजलासमा रिट निवेदन दिए पछी पैmसला कार्यान्वयन प्रक्रिया लम्बिएको छ ।

यस अघि गत असोज ६ गते पहिलो पटक अनसनमा बसेका साह दम्पत्तिलाई उच्च अदालतका न्यायाधिशहरुले असोज २७ गते हुने पेशीमा न्याय पाउने विश्वास दिलाएपछि सोही दिन साँझ अनसन तोडिएको साह दम्पत्तिले जानकारी दिए । “आज कार्तिक १७ गते हुदाँ पनि पैmसला कार्यान्वय गरी न्याय पाउन सकिएन” दिनेशले भने –“त्यसैले बाध्य भई पुनः आमरण अनसन वसेका हौं ।” उच्च अदालत जनकपुर राजविराज इजलाशका उपरजिष्टार उज्ज्वल न्यौपानेले अदालतमा मुद्दाको चाप बढिरहेको र फौजदारी मुद्दालाई प्राथमिकतामा राखेर पैmसला गर्नुपर्ने हुदा साह दम्पतीका विषयमा प्रक्रिया अनुसार पालो आएपछी न्यायनिरुपण हुने बताए ।

 

Comment


Related News

Latest News

Trending News