२०७९ कार्तिक १९, शनिबार ०८:३८

जनकपुरधामका एक मनकरीले यहाँ स्थित जानकी वृद्धाश्रममा फलपूmल, दुध, मिठाइ, नास्ता लगायतका सामग्री वितरण गरेका छन् ।

नेपाल मानव धर्म सेवा समिति वकील टोलका अध्यक्ष बसन्तकुमार श्रेष्ठले आफ्नो आमा कालीमैयाको बार्षिक पुण्यतिथिको अवसरमा ती सामग्रीहरु वितरण गरेका छन् । चन्दाको भरमा चल्ने जानकी वृद्धाश्रममा गरेको सामग्री वितरणले आमाहरु खुशी हुनुका साथै उनले अरुलाई पनि प्रेरणा दिएका छन् । जनकपुरधाम–१० बस्ने श्रेष्ठले वृद्धाश्रमका आमाहरुमा देखिएको खुशीले आफ्नो आमा खुशी भएको जस्तो लागेको प्रतिक्रिया दिएका थिए । ‘जे जति हुन सके आमाहरुको अनुहार खुशी हेरेर आफ्नो आमा खुशी भएको अनुभूति भएको छ’ उनले भने–‘सधै सकिदैन् तर, मौका मिलाएर सवैले आमाहरुको अनुहारमा खुशी ल्याउनु पर्छ ।

’ हुनत दातृनिकायहरुले वृद्धाश्रमलाई सहयोग गर्दै आएको छ तर, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले वृद्धाश्रमलाई उपेक्षा गर्दै आएको छ । वृद्धाश्रममा रहेका आमाहरु दाताहरुको पर्खाइमा बसेको जस्तो वातावरण रहेको छ जानकी वृद्धाश्रमको । दाताको भरमा चल्ने वृद्धाश्रममा रहेका आमाहरुकोलागि स्थानीय, प्रदेश सरकारले उपेक्षा गरेका वेला मनकरीहरुको सहयोगले आमाहरुको खानपिनको व्यवस्था हुँदै आएको छ ।

 

Comment


Related News

Latest News

Trending News