नेकपा एमालेका रौतहट निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार अजय कुमार गुप्ताले क्षेत्रको विकास गर्नको लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) को छतौनामा घरदैलो गर्ने क्रममा पत्रकारहरु संग कुरा गर्दै गुप्ताले रौतहट क्षेत्र नम्बर १ विकासको सबालमा पछि भएको बताए । गाउ गाउमा कार्यकर्ता तथा मतदाताहरुसंग भेट्ने क्रममा विकासका मुद्दा बाहिर आएको बताए । क्षेत्रबाट २ पटक निर्वाचित भएर प्रधानमन्त्री समेत बनेका माधव कुमार नेपालले जनताको चाहना अनुरूप विकास गर्न नसकेको आरोप लगाए । शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधारको विकास साथै कृषि, सिँचाई मूल एजेण्डा रहेको गुप्ताको भनाइ रहेको छ । विकास निर्माणको लागि मतदाताले आफूलाई नै निर्वाचित गराउनेमा पूर्ण विश्वस्त रहेको उनले दाबी गरे ।


