अपडेट 
२०७९ कार्तिक १९, शनिबार ०८:५०

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको तिथि नजिकिदै जाँदा सप्तरीमा मत आ–आफ्नो पक्षमा पार्न राजनीतिक दल र तीनका उम्मेदवार प्रचार प्रसार र घरदैलो कार्यलाई तीव्र बनाएका छन् । दशैं, तिहार र छठ पर्व सकिएपछि मतदातालाई भेट्न उम्मेदवारहरु प्रचार प्रसार सामग्रीसहित घरदैलो कार्यलाई तीव्र बनाएका छन् ।

सप्तरीमा प्रतिनिधिसभा तर्फ चार र प्रदेशसभा तर्फ ८ निर्वाचन क्षेत्र छ । तर, सर्वाधिक चर्चाको विषय बनेको छ प्रतिनिधिसभा क्षेत्र नं. २ । यहाँ प्रतिनिधिसभा सदस्यमा सत्तागठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जयप्रकाश ठाकुर, जसपा–एमाले गठबन्धनबाट जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव तथा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतसहित १८ जना उम्मेदबार चुनावी मैदानमा छन् । तर मुख्य प्रतिस्पर्धा मुख्य दलका यिनै तीनजना बीच हुने भएको छ । ९५ हजार ३ सय ४४ मतदाता रहेको यस क्षेत्रबाट २०७४ को निर्वाचनमा तत्कालीन राजपा हालको लोसपाका साथै नेपाली कांग्रेस समेतको साथ पाएर उपेन्द्रले चुनाव जितेका थिए । तर यस पटक उपेन्द्रले ती दुबै पार्टीको साथ गुमाएको छ । अर्कोतिर अर्का प्रभावशाली नेता जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. राउतको उम्मेदवारीले पनि उनलाई चुनौती थपिएको छ । यादव र राउत दुबै महदेवा गाउँपालिका–२ का मतदाता छन् । एउटै वडाका दुई प्रभावशाली नेताले एउटै निर्वाचन क्षेत्र रोजेपछि यहाँको चुनावी प्रतिस्पर्धा झन रोचक बनेको छ । जिल्ला सदरमुकाम राजविराज नगरपालिकासहितको महत्वपूर्ण क्षेत्र भएकाले यो क्षेत्रमा सबैको चासो अन्य क्षेत्रको तुलनामा बढी नै देखिएको छ । यहाँबाट कसले बाजी मार्ला ? भन्ने बारे दिनहुँ बहस हुने गरेको छ । चिया गफमा समेत ठाकुर, यादव र डा. राउत नै मुख्य विषय बनिरहेका छन् । कतिपय मतदाताले जनमत पार्टीका अध्यक्ष डा. राउत र जसपा अध्यक्ष उपेन्द्र दुबै जना एउटै क्षेत्रबाट लड्न नहुने तर्क पनि राख्दै आएका छन् । दुबै जनाले यही क्षेत्रमा तयारी गरेका कारण नयाँ क्षेत्रमा जान नचाहेको निकटस्थहरु बताउँछन् । अघिल्लो निर्वाचनमा ताजै रहेको मलेठ घटना, मधेश आन्दोलनको रापताप तथा कांग्रेस र तत्कालीन राजपाका साथका कारण फराकिलो जित हात पारेका उपेन्द्रलाई उस्तै नतिजा दोह¥याउन यसपाली कठिन देखिन्छ । पुरानो सहयात्रीको साथ छुट्नु र नयाँ चुनौतीका बीच उनी जित दोह¥याउने दाउमा छन् । यद्यपि हाल सम्म यस क्षेत्रमा सासंद दोहोरिएको इतिहास छैन । यहाँ सत्तारुढ गठबन्धनका साझा उम्मेदवार ठाकुर र जनमत पार्टीका अध्यक्ष समेत रहेका डा.राउतको पनि अहिले बलियो उपस्थिति देखिन्छ । स्थानीयतह निर्वाचनको मत परिणालाई आधार मान्दा सत्तारुढ गठबन्धनका उम्मेदवार ठाकुर, उपेन्द्र र डा.राउत भन्दा निकै बलियो देखिन्छ । स्थानीयतहको निर्वाचनमा जसपा र एमालेले पाएको मत जोडदा १९ हजार ७५ पुग्छ । जबकी सत्तारुढ गठबन्धनको मत ३७ हजार ३ सय ७३ पुग्छ । जनमतले भने स्थानीयतहको निर्वाचनमा यस क्षेत्रबाट ३ हजार २ सय ७१ मत प्राप्त गरेको थियो । जनमतको सांगठनिक मत कमजोर देखिए पनि डा.राउतको व्यक्तिगत छवि र बढ्दो लोकप्रियताले जित निकाल्ने एक थरिको भनाइ छ भने अर्काे थरिले सत्तारुढ गठबन्धन एक ढिक्का भएको दाबी गर्दै स्थानीयतहको निर्वाचनमा प्राप्त मतको आधारमा ठाकुरको जित सुनिश्चित भएको दाबी गरिरहेका छन् ।

स्थानीयतह निर्वाचनमा देखिएको नतिजा संसदीय चुनावनमा पनि दोहरिने हो की ? भन्ने दवावमा रहेका जसपा अध्यक्ष उपेन्द्र अहिले दौडधुप निकै बढाएका छन् । यस क्षेत्रमा राजविराज नगरपालिकाका साथै महादेवा, तिलाठी कोइलाडी र छिन्नमस्ता गाउँपालिका गरी ४ पालिका पर्दछ । जस मध्ये २ मा लोसपा र १÷१ पालिकाको प्रमुखमा कांग्रेस र जसपाले जितेका छन् । संसदीय चुनावमा जित दोह¥याउने दबावमा रहेका उपेन्द्र आपूmले गरेको विकास निर्माण कार्यलाई प्रमुख चुनावी मुद्दा बनाएका छन् । आफ्नो कोही प्रतिस्पर्धी नै नभएको दाबी गर्दै आएका उनी भन्छन–‘५ वर्षमा विकास निर्माणका धेरै आधारहरु खडा गरेका छौ, त्यसैले जनताले फेरि पनि मलाइ नै चुन्ने छन् ।’ उनले आफ्नो कार्यकालमा विभिन्न सडक संजालको निर्माण, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास, नर्सिङ कलेज, कृषि विश्वविद्यालय, गजेन्द्र नारायण सिंह अस्पतालमा सुधार लगायतको काम अघि बढेकाले मतदाताले फेरि पनि अवसर दिने दाबी गरेका छन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार ठाकुरले स्थानीय तह निर्वाचनमा गठबन्धन भित्रका दलहरुले प्राप्त गरेको मत तथा अहिलेसम्म जनताकै काम गर्दै आएकाले चुनाव जित्नेमा पूर्ण आशावादी रहेको बताउँछन् । ‘ जनताको नजिक भएको र उनीहरुको सेवा गरेको आधारमा पनि आफू बलियो स्थितिमा पुगेको बताउने गरेका उनी भन्छन्–‘गठबन्धन एक ढिक्का छ, जित सुनिश्चित छ ।’ उनले आफू जिते सीमावर्ती भारतको निर्मलीसम्म पुगेको रेल सेवालाई भारत सरकारसँग कुटनीतिक पहल गरी जिल्लासम्म जोड्ने महत्वकांक्षी योजनाका साथै कृषि, स्वास्थ्य, शिक्षा, सडक, खेलकुद, पत्रकारिता लगायत क्षेत्र समेतको विकासका स्थानीय मुद्दा पनि समेट्दै मतदाता सामु ३० बुँदे प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेका छन् । उनी भन्छन्–‘विगतका नेताले जितेपछि अनुहार हेराएनन्, काठमाण्डु र बिराटनगरमा बसेर आफन्त र आसेपासेलाई मात्र हेरे ।’ घरदैलोका क्रममा उनले आफू जिते सबैलाई समान ब्यवहार गर्ने मतदाता समक्ष प्रतिबता जनाउने गरेका छन् । यता पहिलो पटक प्रत्यक्ष निर्वाचनमा आएका जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. राउत, ठाकुर र यादव दुबै उम्मेदवारको मत काटेर चुनाव जित्ने रणनीतिमा छन् । पुरानो नेताको आश्वासनबाट दिक्क भएका जनताले नै आपूmलाई उम्मेदवार बनाएको जिकिर गर्ने गरेका उनी जित्नेमा ढुक्क रहेको बताउँछन् ।

बुढापाखाको आशीर्वाद र युवाको जोश, जाँगर र उर्जा आपूmसंग भएकाले चुनाव जित्नेमा ढुक्क छु, उनले भने । पुराना नेतालाई “डेटस्पायर” र जनताको विश्वास गुमाई सकेका नेताको संज्ञा दिने गरेका उनी भन्छन, “यस पटकको निर्वाचनले त्यस्ता नेतालाई चकित बनाउनेछन ।” किसानको समस्या, महँगी र भ्रष्टाचार नियन्त्रण तथा दीर्घकालीन विकास र रोजगारीको प्रमुख मुद्दासहित निर्वाचनमा होमिएकाले जित सहज हुने उनको भनाइ छ । अहिले सबै दलका उम्मेदवार, नेता र कार्यकर्ताको दलबल मतदाता संग भोट माग्दै गाउँ टोल पुगी रहेका छन् । सबै उम्मेदवारले विकास निर्माणलाई नै प्रमुख चुनावी मुद्दा बनाएका छन् । उनीहरुले मतदाता रिझाउन कुनै कसर बाँकी राखेका छैनन् । तर यसमा सफलता कसले हात पार्ला र कसले बाजी मार्ला भन्ने कुराको टुंगो मंसिर ४ पछि नै स्पष्ट हुनेछ ।

 

Comment


Related News

Latest News

Trending News