२०७९ कार्तिक १९, शनिबार ११:०६

जनता समाजवादी पार्टी (जसपाले) आज (शनिबार) आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ।

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि जसपाले आफ्नो प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक गर्न लागेको हो। जसपाको केन्द्री प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले शनिबार एक कार्यक्रम गरी घोषणापत्र सार्वजनिक गरिने लागिएको जानकारी दिए। उनका अनुसार घोषणापत्र सार्वजनिक गर्न दिउँसो २ बजे नयाँ बानेश्वरस्थित होटल एभरेस्टमा कार्यक्रम तय गरिएको छ। केही हप्ता अगाडिसम्म सत्ता गठबन्धनमा रहेको जसपा सिट बाँडफाँटको विषयमा असन्तुष्टि जनाउँदै गठबन्धनबाट बाहिरिएको थियो।

सत्ता गठबन्धनबाट बाहरिएको जसपा नेकपा एमालेसँग गठबन्धन गरेर चुनावमा जाँदैछ।

Comment


Related News

Latest News

Trending News