२०७९ कार्तिक १९, शनिबार १८:०८

मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत महोत्तरीमै करोडौको योजनाहरु दुई वर्ष देखि अल्पत्र परेको छ ।

थोरै बजेटको योजनाहरु सम्पन्न भएपनि मोटो रकम भएको योजनाहरु कतै सुस्त कतै अल्पत्र अवस्थामा रहेको पाईएको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा सुरु भएका योजनाहरु अझै पुर्ण रुपमा सम्पन्न हुन सकेको छैन ।

गत आर्थिक वर्ष २०७७/०७८ मा सम्झौता भई सुचारु भएको महोत्तरी गाउपालिका वडा नं. ३ मडै स्थित ब्रम्हस्थान तथा ब्रम्हस्थान पोखरी सौन्दर्यिकरणको कार्य सुस्त देखिएको हो । प्रदेश सरकारले पाच करोड ५० लाखको लागतमा ब्रम्हस्थान र पोखरी सौन्दर्यिकरणको कार्य थालेपनि ब्रम्हस्थानको काम सम्पन्न भएको तर पोखरी सौन्दर्यिकरणको कार्य अहिले सम्म पुर्ण रुपमा सम्पन्न हुन सकेको छैन ।

त्यसैगरि, जलेश्वर नगरपालिका वडा नं. ४ सुगा स्थित सुकदेश सर सौन्दर्यिकरणको कार्य समेत अल्पत्र परेको छ । आर्थिक वर्ष २०७६/७७ मै दुई करोड छुट्याइएको थियो । सो आर्थिक वर्षमा काम सुरु नभई वजेट नै फ्रिज भएको छ । त्यसपछि २०७७/०७८ मा १ करोड ५० लाख छुट्याइएको हो । तर अझै पनि सो कार्य पुरा हुन नसकेको भौतिक पुर्वाधार विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले सो कार्यक्रमको निर्माण सम्पन्न गर्ने सम्झौता अवधि समाप्त भएपछि पुन म्याद नथपिदा ति कार्यहरु अल्पत्र परेको छ ।

त्यसैगरि, महोत्तरीको बल्वा नगरपालिका पर्ने रौजा मजारमा समेत ११ करोडको सौन्दर्यिकरण योजना प्रदेश सरकारले सार्वजनिक गरेको थियो । आर्थिक वर्ष २०७७/०७८ मा सो योजना अन्तर्गत भवन निर्माणको कार्य पनि सुरु गरियो । तर गत आर्थिक वर्षदेखि सो योजनाको विकास निर्माणको कार्य अगाडी बढ्न सकेको छैन ।

नेपाल र भारतमा प्रस्द्धि रहेको सो स्थान मुस्लिम सामुदायको लागि धार्मिक पर्यटकीय स्थल रहेको छ । त्यसलाई संरक्षण र प्रब्द्र्धन गर्न सकेको खण्डमा पर्यटकहरुको आकर्षकको केन्द्र विन्दु बन्न सक्छन्, रौजा मजार समितिका अध्यक्ष सलिम राईनले भने,‘ गत वर्षदेखि सो योजना अल्पत्र परेको छ ।’ उक्त योजनाको कार्यलाई अगाडी बढाउन आफुहरु लिखित तथा मौखिक रुपमा पटक पटक मधेश प्रदेश सरकारसँग आग्रहा गरेका छौ, उनले भने,‘ चालु आर्थिक वर्षको अहिले सम्म पनि कार्यको कुनै सुरसार देखिएको छैन ।’

मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रम अहिले भौतिक पुर्वाधार मन्त्रालय माहतह आएको छ । पहिलो सो कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहत रहेको थियो । उक्त योजनाहरुको समयमा सम्पन्न हुन नसक्नुको कारण कोरोना महामारी र लकडाउन रहेको मन्त्रालयका अधिकारीहरुको भनाई छ ।

‘सुरुवाति अवस्थामा ति योजनाहरुको कार्यहरु औसत रुपमा राम्रै ढंगले अगाडी बढेको थियो,भौतिक पुर्वाधार मन्त्रालयका सचिव कृष्ण मिश्राले भने,‘ कोरोना महामारी र लकडाउनले बीचमा कार्यक्रम थप्प जस्तै भयो । त्यसपछि अधिकांश योजनाहरुको म्याद नै समाप्त भयो । तर सानो बजेटका कार्यक्रमहरु समयमा सम्पन्न भएपनि ठुला योजनाहरुको म्याद नथपिएपछि विकास निर्माणका कार्यहरु कति ठाउँमा बन्द हुन पुगेको छ ।’ ति योजनाहरुलाई अगाडी बढाउन चालु आवमा पनि वजेट विनियोजन गरिएको बताउदै सचिव मिश्राले अव निर्वाचन पछि ति कार्यक्रमहरुले गति लिने बताए ।

 

Comment


Related News

Latest News

Trending News