अपडेट 
२०७९ कार्तिक १९, शनिबार १७:२८

नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको ४ सय ४९ पिसिआर परिक्षणका क्रममा १० जना र ८ सय २७ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शनिबार कसैको पनि मृत्यु भएको छैन भने थप १७ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ५ सय ६२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News