२०७९ कार्तिक २०, आईतवार ०८:५३

सप्तरी २ प्रतिनिधिसभाका सत्तारुढ गठबन्धनका साझा उम्मेदवार जयप्रकाश ठाकुरले गठबन्धनलाई सहयोग गर्न आग्रह गरेका छन् ।

उनले जनताको गुनासो सुन्न र सम्बोधन गर्न आफू जुनसुकै बेला पनि अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे । शनिबार राजविराज नगरपालिका वडा ७ मा घरदैलो कार्यक्रमका क्रममा मतदाताहरु संग भेट्दै उनले जनताको गुनासो र समस्या समाधान गर्न आफू जुनसुकै बेला पनि तयार रहने बताए । आफू निर्वाचित भएपछि यस क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्ने प्रतिबद्धता जनाएका उनले आफू जिते यस क्षेत्रको विकासका लागि मतदाता सामु जारी गरेको ३० बुँदे प्रतिबद्धतासमेत पूर्ण रुपमा पालना गर्ने जनाए । संघीयताको सफल कार्यान्वयनका लागि पनि यस गठबन्धनलाई जनताले जिताउनेमा विश्वस्त रहेको धारणा राख्दै विगतमा भन्दा यस वर्ष मतदाताहरुबाट आफूलाई राम्रो प्रतिक्रिया आइरहेको उम्मेदवार ठाकुरले विकासका काममा आफू सधै अगाडि रहने प्रतिबद्धतासमेत व्यक्त गरे । संघीयता अनुसार तीन तहको सरकार व्यवस्थित हुन नसकेको भन्दै उनले लोकतान्त्रिक बाम गठबन्धनले संविधानको अक्षरशः कार्यान्वयन गर्ने बताए । नेता ठाकुरले सत्तारुढ पाँच दलीय गठबन्धन संविधानको रक्षा र राजनीतिक स्थिरताका लागि भएको बताए ।

सोही क्रममा सप्तरी २ (२) का प्रदेश सभा सदस्यका उम्मेदवार उमेश कुमार यादवले यो गठबन्धन चुनाव भरिको लागि मात्र नभइ मंसिर ४ पछि पनि लामो समयसम्म कायम रहने बताए । यो गठबन्धन संविधान रक्षाको लागि र संविधान बचाउनको लागि भएको उल्लेख गर्दै उनले भने, ‘ लोकतान्त्रिक बाम गठबन्धको उम्मेदवारहरुको पक्षमा मतदान गरी सहयोग गर्नुहोस् ।

Comment


Related News

Latest News

Trending News