२०७९ कार्तिक २०, आईतवार ०९:०९

धनुषा निर्वाचन क्षेत्र नम्बर ३(ख)को एमालेका प्रदेशसभा सदस्यका उम्मेदवार दीपेन्द्र ठाकुरले आफू मैथिली र मिथिलाको पक्षमा काम गर्नका लागि सधैं तत्पर रहेको बताएका छन् ।

मैथिली साहित्य समाज जनकपुरधामद्वारा आयोजित मासिक कवि गोष्ठीमा उम्मेदवार ठाकुरले मैथिली र मिथिलाको उत्थानका लागि आफूले सके जति काम गर्ने बताए । कुनै समयमा विद्या र वैभवको भूमिको रुपमा चिनिने मिथिला क्षेत्र अहिले पछाडि पर्दै गएकोमा चिन्ता समेत व्यक्त गरे । यहाँको भाषा संस्कृतिको विकासका लागि खासै कामहरु हुन नसकेकै कारण यो क्षेत्र पछाडि पर्दै गएको ठाकुरको भनाइ छ । उनले भने ‘परिवर्तन ल्याउनका लागि साहित्यिक समाजले समेत अग्रसरता लिनुपर्नेमा जोड दिदैं साहित्यले बेला बेलामा समाजलाई ऐना देखाउँछ फेरि समाजलाई ऐना र सही दिशा देखाउने समय आएको छ ।’

Comment


Related News

Latest News

Trending News