२०७९ कार्तिक २०, आईतवार १२:४९

नेकपा माओवादी केन्द्रका कार्यकर्ताले हरिवनमा गरेको पूर्वपश्चिम राजमार्गको अवरोध खोलेका छन् । माओवादीकी समानुपातिक उम्मेदवार माया बलमाथि भएको आक्रमणको विरोध गर्दै र दोषिमाथि कारबाहीको माग गर्दै उनीहरुले राजमार्ग बन्द गरेका थिए।

आफूहरुको माग अनुसार घटनामा संलग्न व्यक्तिलाई प्रहरीले पक्रेकाले राजमार्गको अवरोध हटाएको नेकपा माओवादीका कार्यकर्ताले जनाएका छन् । सर्लाहीकी बलमाथपि दुई दिनअघि आफूलाई विप्लव नेतृत्वको नेता बताउने हरिकृष्ण पौडेलले ढुंगामुढा प्रहार गरेको र चुनाव प्रचारमा प्रयोग भएको गाडी तोडफोड गरेको माओवादीको आरोप छ।

पौडेललाई ईलाका प्रहरी कार्यालय हरिवनले पक्राउ गरे पनि शनिबार पौडेल छुटेका थिए। तर माओवादीले सडक बन्द गरेपछि पौडेललाई प्रहरीले फेरि पक्रेको छ।

यस्तो थियो घटना

दुई दिन अघि नेकपा(माओवादी केन्द्र) सर्लाही ३ कि समानुपातिक तर्फकी उम्मेदवार माया बलमाथी आफुलाई नेपाल कम्युनिस्ट पार्टी(नेकपा) विप्लव समूहका नेता बताउने हरिकृष्ण पौडेलले ढुंगामुढा प्रहार गरेका थिए।

चुनाव प्रचार प्रसारमा प्रयोग भएको स्कारपियो माथी ताेडफाेड गरेपछि ईलाका प्रहरी कार्यालय हरिवनले पौडेललाई नियन्त्रणमा लिएको थियो। तर शनिबार ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक मुकेश ताम्राकारले दुई पक्षबीच छलफल नै नगराई पौडेललाई माथिको आदेश भन्दै छोडेका थिए।

त्यसपछि आफूहरूसँग समन्वय नगरी पौडेललाइ छाडिएको विषयमा आपत्ति जनाउँदै सर्लाही ३ कि समानुपातिक उम्मेदवार बलको नेतृत्वमा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले सडकमा शान्तिपूर्ण चक्का जाम गरेका हुन।

आइतबार बिहान ९:३० बजेदेखि माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले सडकमै बसेर दोषीलाइ नियन्त्रणमा लिन दवाव दिएका हुन।

Comment


Related News

Latest News

Trending News