२०७९ कार्तिक २१, सोमबार ०६:५६

सप्तरीमा नेकपा (एस) सहित विभिन्न पार्टी परित्याग गरी दर्जनौ कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एसका जिल्ला सदस्य सुर्यनारायण ठाकुरको नेतृत्वमा आएका नवप्रवेशीहरुलाई टिका लगाएर स्वागत गरेका थिए । सप्तरीको महदेवा गाउँपालिकामा घरदैलोका क्रममा अध्यक्ष यादवले स्थानीय अरबिन्द साह, कृष्णदेव यादव, देब नारायण ठाकुर, सुनिता कुमारी ठाकुर लगायतका व्यक्तिहरुलाई जसपा अध्यक्ष यादवले स्वागत गरेको विद्यार्थी नेता श्यामकुमार यादवले जानकारी दिए ।

कार्यक्रममा जसपाका प्रदेश सचिव युसुफ अली, केन्द्रीय सदस्य विकास कुमार तिवारी, महादेवा गाउँपालिकाका निर्वतमान अध्यक्ष दीपक कुमार यादव , विद्यार्थी केन्द्रीय उपाध्यक्ष भोगेन्द्र यादव, महदेवा गाउँपालिका कमिटी अध्यक्ष अशोक कुमार यादव, दीप नारायण यादव लगायतको उपस्थिति रहेको थियो ।

 

Comment


Related News

Latest News

Trending News