धनुषामा सुमो दुर्घटना हुँदा एक नवजात शिशु र एक महिलाको मृत्यु भएको छ ।
धनुषाको लक्ष्मीनिया गाउँपालिकामा ना३च ३५७५ नम्बरको टाटा सुमो अनियन्त्रित हुँदा शिशु र महिलाको मृत्यु र ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जनाएका छन् । जनकपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सुमो अनियन्त्रित भइ दुर्घटना भएको बताउँदै उनले सुमोमा सवार ८ जनामध्ये ६ जना घाइते मध्ये मिथिला नगरपालिका हरिहरपुरकी सन्जुदेवी महतोको एक दिने शिशुको घटनास्थलमै मृत्यु भएको जनाइएको छ। त्यस्तै, मृत्यु हुनेमा क्षीरेश्वरनाथ नगरपालिका–०७ की २४ वर्षीय राधादेवी सिंह रहेकी छन् । यस्तै घाइतेहुनेहरुमा सोही नगरपालिका की ४० वर्षीय फुलोदेवी महतो, हरि हरपुरकी ६० वर्षीय कमलीदेवी र सोही पालिका १ की १५ वर्षीय सुधीसिंह र लक्ष्मीनियाँ गाउँपालिका–०६ वगेवा बस्ने चालक सिकिन्द्र ठाकुर शर्मा र मिथिला नगरपालिका–३ बस्ने चन्द्रकला महतो रहेकी छन् ।
Please subscribe our official youtube channel below and support us.
https://www.youtube.com/watch?v=CYDNeQF_pZo


